किसान माइक्रोफाइनान्सको शेयर लिलामी आज बन्द हुने

Jan 27, 2019 Merolagani

किसान माइक्रोफाइनान्स वित्तीय संस्था (KMFL) ले माघ ६ गतेदेखि लिलाम बढाबढमा बिक्रीमा ल्याएको ४ हजार २८० कित्ता शेयरमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ।

माइक्रोफाइनान्सले संस्थापक समूहको १८३ कित्ता र सर्वसाधारण तर्फको चार हजार ९७ कित्ता लिलामी खुला गरेको हो । माघ १० गते बिहीबार कम्पनीको प्रतिकित्ता शेयरमूल्य ९६९ रुपैयाँ रहेको छ ।

माइक्रोफाइनान्सको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय सिभिल मल सुन्धारा, तथा किसान माइक्रोफाइनान्सको सम्पूर्ण शाखा कार्यालयहरु मार्फत आवेदन गर्न सक्नेछन् ।

यस्तै सिभिल बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, नारायणगढ, पोखरा, बुटवल र नेपालगञ्ज कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गरिसक्नुपर्नेछ ।

आवेदन गर्दा न्यूनतम एक सय कित्तादेखि अधिकतम कित्तासमका लागि माग गर्न सक्नेछन् भने एक सय रुपैयाँदेखि बढाबढ मूल्यमा आवेदन गर्नुपर्नेछ। एक व्यक्ति तथा कम्पनीले एउटा मात्र बोलपत्र पेश गर्नुपर्नेछ ।

किसान माइक्रोफाइनान्सले गत मंसिर २ गतेदेखि पुस ८ गतेसम्म निष्काशन गरेको चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गरेको थियो । सो समयमा अवितरित शेयर अहिले कम्पनीले लिलामी मार्फत बिक्री गर्न लागेको हो ।

माइक्रोफाइनान्सले गत आवको मुनाफाबाट २९ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीका म्यानेजर निर बहादुर शाहले लिलामीकाे शेयरले बाेनस नपाउने बताएका छन् ।

(यसअधिकाे समाचारमा लिलामी शेयरले बाेनस पाउने हुन गएकाेमा सच्चाइएकाे छ ।)

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।