युनिभर्सल पावरको आईपिओ निष्काशन आइतबार बन्द हुँदै

Jan 27, 2019 Merolagani

युनिभर्सल पावर (UPCL) ले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई खुल्ला गरेको आईपिओमा माघ १३ गते आइतबारदेखि बन्द हुँदैछ। यसअघि कम्पनीले न्यून मात्रमा मात्र आवेदन परेपछि दोस्रो पटक समय थप गरेको थयो ।

कम्पनीले गत पुस १५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि एक सय रुपैयाँ अंकित दरको २१ करोड ३५ हजार रुपैयाँ बराबरको २१ लाख ३५० कित्ता साधारण शेयर निष्काशन गरेका छ । 

अहिले कम्पनी पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाको गौरिशंकर, कालिन्चोकर विगु गाँपालिकाका स्थानीहरुले मात्र आवेदन गर्न पाउनेछन् । यस आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन गर्न पाउने व्यवस्था रहेको छ ।

स्थानीयहरुले हिमालयन बैंक गौरिशंकर शाखा, सिद्धार्थ बैंक, एनआईसी एशिया, महालक्ष्मी विकास बैंक, र सिन्धु विकास बैंकको चरिकोट शाखा कार्यालय तथा सिन्धु विकास बैंकको मुडे र सिंगटी शाखा कार्यालयबाट पनि आइपिओमा आवेदन गर्न सक्नेछन्।

वित्तीय अवस्था औसतभन्दा कमजोर, आईपिओ रेटिङ्ग ग्रेड ४

कम्पनीले निष्काशन गर्ने साधारण शेयरलाई रेटिङ्ग कम्पनी इक्रा नेपालले इक्रा एनएपि आईपिओ ग्रेड ४ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ ।

युनिभर्सल पावर कम्पनीले जारी पूँजीको ४६ प्रतिशत ९९६ करोड ६१ लाख ६१ हजार रुपैयाँ बराबरको साधारण शेयर जारी गर्नेछ । जसमध्ये पहिलो चरणमा १० प्रतिशत आयोजना प्रभावित स्थानीयबासिन्दालाई २१ लाख ३५० कित्ता र दोस्रो चरणमा संस्थाका कर्मचारी, म्युचुअल फण्ड र सर्वसाधारणलाई गरि ७५ लाख ६१ हजार २६० कित्ता आईपिओ निष्काशन गरिने कम्पनीले जनाएको छ ।

कस्तो छ आयोजना ?

दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको युनिभर्सल पावर कम्पनीमा ८८ प्रतिशत सीईडीबी हाइड्रो फण्ड लिमिटेडको शेयर स्वामित्व छ ।

आयोजना बनाउन प्रतिमेगावाट १८ करोड ५५ लाख रुपैयाँका दरले २ अर्ब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब १३ करोड ४१ लाख ८९ हजार रुपैयाँ र जारी पूँजी दुई अर्ब १० करोड तीन लाख ५० हजार रूपैयाँ छ ।

थप पढ्नुहाेस् :-

युनिभर्सल पावरले पुस १५ देखि २१ करोडको आईपिओ जारी गने, कसले गर्न पाउँछ आवेदन ?

युनिभर्सल पावरको २१ करोड रूपैयाँ बराबरको आईपिओ खुल्यो,पुस २९ गतेसम्म आवेदन गर्नसक्ने

युनिभर्सल पावरको आईपिओमा न्यून आवेदन, दोस्रो पटक समय थप

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।