प्रभु बैंकका सीईओ शेरचनलाई निरन्तरता

Jan 26, 2019 Merolagani

प्रभु बैंक लिमिटेड (PRVU) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले दोस्रो कार्यालयका लागि निरन्तरता पाउने भएका छन् ।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले सीईओ शेरचनको कार्यकाल आगामी ४ वर्षका लागि थप गरेको छ । यससँगै अगामी चार वर्ष शेयरचनले प्रभु बैंकको नेतृत्व गर्नेछन् । 

सञ्चालक समितिको बैठकले माघ १८ गतेदेखि लागू हुनेगरि शेरचनको दोस्रो कार्यकाल थप गर्ने निर्णय गरेको हो ।

शेरचनसँग नेपाल बंगलादेश बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंकसम्मको दुई दशकको बैकिङ्ग अनुभव छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।