मेरो माइक्रोफाइनान्सको नाफा झण्डै दोब्बर, सञ्चालन नाफा ९ करोड ७२ लाख

Jan 27, 2019 Merolagani

नुवाकोटमा बट्टारमा केन्द्रीय कार्यालय रहेको मेरो माइक्रोफाइनान्स (MERO) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा करिब दोब्बर बनाएको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको माइक्रोफाइनान्सले ६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको हो।

माइक्रोफाइनान्सको खुद नाफा गत वर्षको तुलनामा २ करोड ७३ लाख रुपैयाँले बढी हो । 

समीक्षा अवधिमा कम्पनीले ९६ करोड ४२ हजार निक्षेप संकलन तथा दुई अर्ब ६३ करोड ७३ लाख रुपैयाँ बैंकहरुबाट सापटी लिएर तीन अर्ब ९९ करोड ४७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

माइक्रोफाइनान्सले आफ्नो खुद ब्याज आम्दानी ४६.५७ प्रतिशतले सुधार गर्दै १५ करोड ७ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत वर्ष यसै अवधिमा १० करोड २८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

कम्पनीको सञ्चालन नाफा ९ करोड ७२ लाख रुपैयाँ छ । यस अवधिमा कम्पनीको खराब कर्जा अनुपात भने १.२८ बाट बढेर १.८७ प्रतिशतमा पुगेको छ ।

३२ करोड ८९ लाख चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १३ करोड ८६ लाख रुपैयाँ संचित छ । समीक्षा अवधिमा १५ प्रतिशतले पूँजी बढाएको माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी २४ रुपैयाँ १६ पैसाबाट बढेर ३७ रुपैयाँ ६२ पैसा पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ १५ पैसा र मूल्य आम्दानी अनुपात ३९.४६ गुणा बढी छ ।

राष्ट्रिय स्तरको यस माइक्रोफाइनान्सले व्यवसाय विस्तारका लागि पूँजी वृद्धि गर्न शतप्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीको हाल कायम चुक्ता पूँँजी ३२ करोड ८९ लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन अनुमति माग गरेको हो । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।

ग्लोबल आइएमई बैंक सहित आठ वाणिज्य बैंक र दुई विकास बैंकको अग्रसरतामा २०७० असार ३० मा यो कम्पनी स्थापना भएको थियो । कम्पनीमा ६९.४ प्रतिशत संस्थापक र ३०.६ प्रतिशत साधारण शेयर स्वामित्व रहेको छ ।

कम्पनीले हाल ४८ जिल्लामा ८६ शाखा कार्यालय मार्फत लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।