प्रोग्रेशिभ फाइनान्समा देखियो सुधार, खुद नाफा करिब साढे २ करोड

Jan 27, 2019 Merolagani

प्रोग्रेशिभ फाइनान्स (PROFL) मा सुधारको संकेत देखा परेको छ। राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गर्न २८१ प्रतिशत हकप्रद जारी गरेर प्रयासरत रहेको यस फाइनान्सले पूँजी वृद्धिसँगै आफ्नो वित्तीय अवस्था पनि सुधार गरेको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा फाइनान्स कम्पनी २ करोड ४५ लाख रुपैयाँ खुद नाफामा पुगेको छ । गत वर्षको यसै अवधिमा फाइनान्स ८० लाख २९ हजार खुद नोक्सानीमा रहेको थियो । 

नोक्सानीबाट नाफामा पुगेसँगै गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ७ रुपैयाँ ६५ पैसा ऋणात्मक रहेको फाइनान्सको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५९ पैसाले धनात्मक बनेको छ ।

यस अवधिमा २ करोड ६७ लाख रुपैयाँ बराबरको खराब कर्जा उठाएर गत वर्ष खुद नोक्सानीमा रहेको फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफामा उच्च बढोत्तरी गरेको हो । यस अवधिमा फाइनान्सको खराब कर्जा अनुपात ३.७८ बाट १.५३ प्रतिशतमा झरेको छ ।

फाइनान्सले २१ करोड चुक्ता पूँजी २०७.५२ प्रतिशतले बढाएर ६४ करोड ५८ लाख पुर्याएको छ भने जगेडा कोषमा उत्कृष्ट सुधार गर्दै ४३ लाख ३५ हजारबाट ३ करोड ७७ लाख ६३ हजार रुपैयाँ सञ्चित गरेको छ ।

यस अवधिमा फाइनान्सले २ करोड ५ लाख खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा फाइनान्सले एक करोड ४५ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

फाइनान्सका प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ८५ पैसा र मूल्य आम्दानी अनुपात १६.२१ गुणा बढी छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।