प्यानका विषयमा धितोपत्र बोर्डले भन्यो 'हल्लाको पछि नलाग्नुस', लगानीकर्ताले बुझाए ज्ञापनपत्र

Jan 27, 2019 Merolagani

नेपाल धितोपत्र बोर्डले शेयर लगानीकर्तालाई स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध गर्ने विषयमा भएका नकरात्मक टिप्पणीको पछि नलाग्न आग्रह गरेको छ । लगानीकर्तालाई प्यानको दायरामा ल्याउने सम्बन्धमा सञ्चार माध्यमहरुमा भएको नकरात्मक टीका टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाउँदै बोर्डले यस्तो आग्रह गरेको हो ।

बोर्डले सरकारको योजना अनुसार प्यानको काम अघि बढाइएको बताएको छ । उसले भनेको छ, 'सरकारको चालु आर्थिक वर्षकाको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजनामा उल्लेखित दोस्रो बजारमार्फत शेयर खरिद गर्दा खरिदकर्ताले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्ने सम्बन्धमा गृहकार्य गरिएको हो ।'

नेपाल सरकार, अर्थ मन्त्रालयबाट बोर्डलाई निर्देशन प्राप्त भएकोमा यसको संवेदनशीलतालाई दृष्टिगत गरी प्रणालीगत तथा अन्य पूर्व तयारीका लागि नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ्गलाई लेखी पठाइएको थियो । स्थायी लेखा नम्बर सम्बन्धमा सरोकारवाला र बजारका सम्बद्ध पक्षहरुलाई समेत यस सम्बन्धमा छलफल गराई पूर्वाधारको तैयारीको आधारमा प्यानलाई कार्यान्वयनमा ल्याउनु पर्छ भन्नेमा बोर्ड सजग रहेको विज्ञप्तिमा उल्लेख छ । 

यस सम्बन्धमा बजारको पूर्वाधार, लगानीकर्ताहरुको वित्तीय साक्षरताको अवस्था आदिलाई दृष्टिगत गरी लगानीकर्ताहरुबाट उठाइएका विषयलाई स्थायी लेखा नम्बर लागू गर्ने अधिकारीको रुपमा रहेको आन्तरिक राजस्व विभाग समक्ष यथार्थ स्थितिको जानकारी गराइने बोर्डले जनाएको छ । 'यस विषयमा भइरहेका नकारात्मक हल्लाको पछि नलागी सुजवुझ तवरले लगानी सम्बन्धी निर्णय लिन हुन बोर्ड आम लगानीकर्ताहरुलाई विशेष अनुरोध गर्दछ ।' विज्ञप्तिमा भनिएको छ ।

साथै बोर्डले प्यानका सम्बन्धमा लगानीकर्ताहरुबाट ज्ञापनपत्र प्राप्त भएको जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।