आवश्यक तयारीपछि मात्र प्यान लागू हुन्छ :धितोपत्र बोर्ड

Jan 28, 2019 Merolagani

नेपाल धितोपत्र बोर्डले स्थायी लेखा नम्बर (प्यान) का सम्बन्धमा सरोकारवाला र बजारका सम्बद्ध पक्षसँग छलफल गराई पूर्वाधार तयारीका आधारमा कार्यान्वयनमा ल्याउने भएको छ ।

सरकारको चालू आवको नीति तथा कार्यक्रम र बजेटमा दोस्रो बजार मार्फत शेयर खरीद गर्दा खरीदकर्ताले अनिवार्यरुपमा स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

सो सम्बन्धमा अर्थ मन्त्रालयबाट बोर्डलाई निर्देशन प्राप्त भएकामा त्यसको संवेदनशीलतालाई दृष्टिगत गरी प्रणालीगत तथा अन्य पूर्व तयारीका लागि नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई पत्राचार गरिएको प्रवक्ता नीरज गिरीले बताए ।

स्थायी लेखा नम्बरको सम्बन्धमा सरोकार भएका र बजारसँग सम्बद्ध पक्षलाई छलफल गराई पूर्वाधारको तयारीको आधारमा कार्यान्वयन गराइने बोर्डले स्पष्ट पारेको छ ।

बजारको पूर्वाधार, लगानीकर्ताको वित्तीय साक्षरताको अवस्थालाई दृष्टिगत गरी लगानीकर्ताबाट उठाइएका विषयलाई स्थायी लेखा नम्बर लागू गर्ने आन्तरिक राजश्व विभागलाई आवश्यक जानकारी गराइने बोर्डको भनाइ छ ।

बोर्डले अनावश्यक हल्लाको पछाडि नलाग्न र सुझबुझ तरिकाले लगानीसम्बन्धी निर्णय गर्न लगानीकर्तालाई आग्रह गरेको प्रवक्ता गिरीको भनाइ छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।