मेरो माइक्रोफाइनान्सलाई हकप्रद निष्काशन गर्न अनुमति

Jan 28, 2019 Merolagani

मेरो माइक्रोफाइनान्स (MERO) ले धितोपत्र बोर्डबाट शतप्रतिशत हकप्रद जारी गर्ने अनुमति प्राप्त गरेको छ । बोर्डले माघ १४ गते सोमबार माइक्रोफाइनान्सलाई चुक्ता पूँजी बराबर नै हकप्रद निष्काशनको स्वीकृती दिएको हो ।

बोर्डबाट स्वीकृती पाएसँगै माइक्रोफाइनान्सले अब छिट्टै हकप्रद निष्काशन मिति तोक्नेछ ।

माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १५ प्रतिशत बोनस पश्चात कायम चुक्ता पूँँजी ३२ करोड ८९ लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्नेछ ।

हाल माइक्रोफाइनान्सलको चुक्ता पूँजी ३२ करोड ८९ लाख रुपैयाँ छ । हकप्रदपछि माइक्रोफाइनान्सको चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।

गत कात्तिक ९ मा सम्पन्न छैटौं वार्षिक साधारण सभाले पनिात कायम पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो ।

चालु आर्थिक वर्षमा पुस मसान्तसम्ममा माइक्रोफाइनान्सले ६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ६२ पैसा कायम गरको छ ।

मेरो माइक्रोफाइनान्सको नाफा झण्डै दोब्बर, सञ्चालन नाफा ९ करोड ७२ लाख

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।