पाँचथर पावरको आईपिओमा आवेदन गर्ने समय थप,माघ २९ गतेसम्म भर्न पाइने

Jan 28, 2019 Merolagani

पाँचथर पावर कम्पनी लिमिटेडले (PPCL) पुस ३० गते देखि बिक्री खुला गरेको साधारण शेयर (आईपिओ) निष्काशन अवधि थप गरेको छ। आईपिओमा छिटोमा आवेदन गर्ने मिति माघ १४ गतेसम्मका लागि तोकिएकोमा निष्काशन अवधि थपेर माघ २९ गते (बैंकिङ समय) सम्म आवेदन गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले निष्काशन गरेको शेयर आयोजनाबाट प्रभावित तत्कालीन गाविसहरु भारपा, याङ्गनाम, नांगिन (हाल फिदिम नगरपालिका, हिलिहाङ्ग र फालेलसङ्ग गाउँपालिका) का बासिन्दाहरुले आवेदन गर्न पाउनेछन् । 

कम्पनीको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरिएको छ । आईपिओमा स्थानीयहरुले न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँदेखि ९ हजार ६२० कित्ता अर्थात ९ लाख ६२ हजार रुपैयाँसम्म माग गर्न सक्ने व्यवस्था रहेको छ ।

कम्पनीले निष्काशन गर्न लागेको आईपिओलाई केयर रेटिङ्गस् नेपाल लिमिटेडले ‘केयर एनपी आइपिओ ग्रेड ४’ दिएको छ । यस ग्रेडले कम्पनीको आधारभुत अवस्था औसत भन्दा तर आधार रहेको जनाउँछ ।

यस आइपिओमा चार स्थाबाट आवेदन बुझ्ने व्यवस्था गरिएको छ । जसमा पाँचथर पावर कम्पनीको हेवाखोला ए जविद्युत आयोजनाको कार्यालय फिदिम नगरपालिका १० याङ्गनाम, कृषि विकास बैंक, सेञ्चुरी कमर्सियल बैंक र गुडविल फाइनान्सको शाखा कार्यालय फिदिम पाँचथरबाट स्थानीयले आईपिओको दरखास्त फारम प्राप्त गर्न र बुझाउन सक्नेछन् ।

कम्पनीले पुस १३ गते धितोपत्र बोर्डबाट आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारलाई गरी कूल १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता आईपिओ बिक्री गर्न अनुमति पाएको थियो ।

जसमध्ये पहिलो चरणमा कम्पनीले पुस ३० गतेदेखि आयोजना प्रभावित पाँचथर जिल्लाका स्थानीय बासिन्दाका लागि ९ लाख ६२ हजार ५०० कित्ता निष्काशन गर्न लागेको हो । यो आईपिओ बाँडफाँडपछि दोस्रो चरणमा सोही परिमाणमा सर्वसाधारणमा आईपिओ निष्काशन गर्नेछ ।

कम्पनीले संस्थापकहरुबाट जारी पूँजीको ८० प्रतिशत अर्थात ७७ करोड रुपैयाँ चुक्ता गरिसकेको छ भने जारी पूँजीको २० प्रतिशत पूँजी सार्वजनिक निष्काशनबाट कायम गर्नेछ ।

पाँचथर पावर कम्पनीले पाँचथर जिल्लामा १४.९ मेगावाटको हेवाखोला ए जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले यस आयोजनाबाट २०७३ माघ २२ गते देखि नै विद्युत उत्पादन गरीरहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।