सिभिल लघुवित्तको खुद नाफा ६१ प्रतिशत बढ्यो

Jan 28, 2019 Merolagani

सिभिल लघुवित्त (CLBSL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७४ लाख २६ हजार खुद नाफा आर्जन गरेको छ। यो गत बर्षको तुलनामा ६१.३६ प्रतिशतले बढी हो। गत वर्षको यसै अवधिमा लघुवित्तले ४६ लाख २ हजार खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी १० करोड ९७ लाख रहेको लघुवित्तको जगेडा कोषमा एक करोड ७४ लाख रुपैयाँ सञ्चित छ । 

लघुवित्तले २० करोड ४२ लाख निक्षेप संकलन र ३७ करोड ६३ लाख सापटीबाट ७२ करोड १३ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ ।

यस अवधिमा लघुवित्तले २ करोड ९४ लाख खुद ब्याज आम्दानी गरेको छ । गत बर्षको यसै अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २ करोड १५ लाख रहेको थियो ।

लघुवित्तको निष्क्रिय कर्जा अनुपात ०.८६ बाट १.३० प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५४ पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ९० पैसा र मूल्य आम्दानी अनुपात ५०.२४ गुणा बढी छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।