सोमबार वित्तीय विवरण निकालेका पाँच फाइनान्स कम्पनीमध्ये कुन देखियाे अब्बल ?

Jan 28, 2019 Merolagani

सोमबार पाँच फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। गुडविल, सिर्जना, पोखरा, जानकी र हाथवे फाइनान्सले गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

पाँच फाइनान्स मध्ये सिर्जना फाइनान्स (SFFIL) ले सबैभन्दा धेरै ४ करोड २८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ। धेरै नाफा कमाउने सिर्जना फाइनान्सको प्रतिशेयर आम्दानी पनि सबैभन्दा धेरै १८ रूपैयाँ ५९ पैसा छ । फाइनान्सले गत वर्षको तुलनामा ७३ लाख १६ हजार रूपैयाँ खुद नाफा बढाएको हो ।

४ करोड १० लाख रूपैयाँ खुद नाफा कमाएको पोखरा फाइनान्सको प्रतिशेयर आम्दानी ९ रूपैयाँ ५७ पैसा छ । ३ करोड ८८ लाख रूपैयाँ खुद नाफा गरेको जानकी फाइनान्सको प्रतिशेर आम्दानी १५ रूपैयाँ ७६ पैसा कायम छ । पाेखरा फाइनान्सकाे भन्दा कम नाफा कमाएकाे भएपनि जानकीकाे चुक्त्ता पूँजी कम हुँदा इपिएस बढी छ ।

यसैगरि पुस मसान्तसम्म गुडविल फाइनान्सले ३ करोड २२ लाख रूपैयाँ खुद आर्जन गरेर वार्षिक प्रतिशेयर आम्दानी ८ रूपैयाँ ०६ पैसा कायम गरेकाे छ। सबैभन्दा कम नाफा एक कराेड २० लाख कमाएकाे हाथवे फाइनान्सको प्रतिशेयर आम्दानी ८ रूपैयाँ ०६ पैसा कायम छ।  पूँजी थाेरै भएकाले खुद नाफा कम हुँदा पनि इपिएस भने गुडविल फाइनान्स बराबर छ।

जगेडा कोषमा पोखरा फाइनान्स अब्बल
पाँच फाइनान्स कम्पनीमध्ये पोखरा फाइनान्स (PFL) जगेडा कोषमा अब्बल देखिएको छ। पोखरा फाइनान्सकाे गत वर्षको तुलनामा १२ लाख ७१ हजार रूपैयाँ जगेडा कोष घट्दा पनि जगेडा काेषमा सञ्चित रकम अन्य फाइनान्सभन्दा धेरै छ। फाइनान्सको जगेडा कोषकाे आकार २९ करोड २ लाख छ ।

यस्तै जानकी फाइनान्सको जगेडा कोषमा २० करोड ९३ लाख, गुडविलको १५ करोड ६८ लाख, र सिर्जना फाइनान्सलको १४ करोड ८ लाख रूपैयाँ  सञ्चित छ ।

समस्याग्रस्त संस्थाबाट मुक्त्त भएर नयाँ व्यवस्थापनबाट सञ्चालित भएकाे हाथवे फाइनान्स (HATH) ले ऋणात्मक जगेडा कोषलाई घटाउँदै लगेको छ। गत वर्ष १२ करोड ३६ लाख रूपैयाँ ऋणात्मक रहेको जगेडा कोष ८ करोड ३५ लाख रूपैयाँमा घटाएकाे हो।

निक्षेप संकलन र कर्जा प्रवाहमा गुडविल फाइनान्स अगाडि

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा निक्षेप कर्जा परिचालन दुबैमा गुडविल फाइनान्स (GFCL) अगाडि देखिएको छ। यस अवधिसम्ममा फाइनान्सले सबैभन्दा बढी  ६ अर्ब २६ कराेड ३१ लाख निक्षेप संकलन गरी ५ अर्ब ३७ कराेड ५८ लाख रूपैयाँ बराबरको कर्जा परिचालन गरेको छ।

यस्तै सिर्जना फाइनान्सले ५ अर्ब ९९ करोड ३१ लाख रूपैयाँ निक्षेप संकलन गरी ४ अर्ब १५ करोड ९५ लाख रूपैयाँ बराबरको कर्जा परिचालन गरेको छ।

यस्तै पोखरा फाइनान्सले  ५ अर्ब १८ कराेड ६ लाख निक्षेप संकलन गरी ४ अर्ब ६३ करोड ९२ लाख रूपैयाँ बराबरको कर्जा परिचालन गरेको छ।  जानकी फाइनान्सले १ अर्ब ८६ करोड २० लाख रूपैयाँ निक्षेप संकलन गरी १ अर्ब ८६ करोड ३९ लाख रूपैयाँ बराबरकै कर्जा लगानी गरेको छ।

सबैभन्दा कम हाथवे फाइनान्सले ३४ करोड ११ लाख रूपैयाँ निक्षेप संकलन गरी ६ करोड ९३ लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

निष्कृय कर्जा अनुपात

पुस मसान्तसम्ममा निष्कृय कर्जा अनुपातमा जानकी फाइनान्स (JFL) को सबै भन्दा बढी ४.७७ प्रतिशत खराब कर्जा रहेको छ । गुडविल फाइनान्सको सबैभन्दा थोरै ०.८५ प्रतिशत छ।

यस्तै सिर्जना फाइनान्सकाे ३. २५ प्रतिशत, हाथवे फाइनान्सकाे ३.२२, पाेखरा फाइनान्सकाे १.१० प्रतिशत खराब कर्जा अनुपात रहेको छ ।

चुक्ता पूँजी

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार फाइनान्सले न्यूनतम ८० करोड चुक्ता पूँजी पुर्याउनुपर्ने व्यवस्था गरेकाे छ । यस व्यवस्था अनुसार पाँच फाइनान्स मध्ये पोखरा फाइनान्स र गुडविल फाइनान्सले मात्रै न्यूनतम चुक्ता पूँजी पुर्याएका छन् ।

सिर्जना, जानकी र हाथवे फाइनान्सले अझै न्यूनतम चुक्ता पूँजी पुर्याउन सकेको छैनन् । सबैभन्दा कम चुक्ता पूँजी हाथवे फाइनान्सको ३० करोड रूपैयाँ छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।