अख्तियारको सुर्खेत कार्यलयमा कार्यरत प्रहरी सहायक निरिक्षक एक लाख घुस रकमसहित अख्तियारको फन्दामा परेका छन् । प्रहरी सहायक निरिक्षक जन्म अधिकारीले आयोगमा अनुसन्धान भै रहेको मुद्दा तामेलीमा राखी दिने भनी सेवाग्राहीसँग घुस मागिरहेको सूचना पछि अख्तियारले गरेको स्टिङ्ग अप्रेसनमा अधिकारी पक्राउ परेका हुन् ।