गरिमाको व्यवसाय विस्तारले खुद नाफा झण्डै ५५% बढ्यो, कति पुग्यो इपिएस ?

Jan 29, 2019 Merolagani

गरिमा विकास बैंक (GBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा व्यवसाय विस्तालाई जोड दिँदै खुद नाफामा उत्कष्ट सुधार गरेको छ। बैंकले निक्षेप र कर्जा विस्तारबाट ब्याज आम्दानी बढाउँदा पूँजी वृद्धिकाे बाबजुत प्रतिशेयर आम्दानी बढेको हो।

पुस मसान्तसम्म बैंकले २७ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिको तुलनामा बैंकको बैंकको खुद नाफा ५४.८१ प्रतिशत अर्थात ९ करोड ८९ लाख रुपैयाँले बढी हो । गत आवको यसै अवधिमा बैंकले १८ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी दुई अर्ब ५३ करोड ४८ लाखबाट १० प्रतिशतले बढेर दुई अर्ब ७८ करोड ८३ लाख रुपैयाँ कायम भएको छ । यस्तै प्रतिशेयर आम्दानी पनि १४ रुपैयाँ २५ पैसाबाट २० रुपैयाँ ०५ पैसामा बढोत्तरी भएको छ ।

बैंकको सबै आम्दानीका सूचकहरु सन्तोषजनक हुदा खुद नाफासँगै प्रतिशेयर आम्दानीमा सुधार भएको हो । बैंकको जगेडा कोषको आकार ४६ करोड ९९ लाख रुपैयाँबाट ६५ करोड २६ लाख सञ्चित रहेको छ ।

गत वर्षको पुस मसान्तसम्मको तुलनामा बैंकको निक्षेप संकलन र कर्जा प्रवाह क्रमश ५४.९९ र ४९.३१ प्रतिशतले बढाएको छ । लगानीयोग्य रकम अभाव भएको समयमा कर्जा परिचालन भन्दा निक्षेप संकलन उच्चदरमा बढाउन सक्नुलाई बैंकको खुबी नै मान्नुपर्छ । यो बैंकप्रति ग्राहकहरुको विश्वास पनि हो ।

समीक्षा अवधिसम्ममा बैंकले २६ अर्ब ९७ करोड ९७ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २३ अर्ब ५२ करोड ३० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । गत आवको पुससम्म बैंकले १७ अर्ब ४० करोड ७७ लाख रुपैयाँ निक्षेप संकलन गरि १५ अर्ब ७५ करोड ४९ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

 

नोट:रकमलाई हजारमा देखाइएको छ ।

पुस मसान्तसम्ममा बैंकको खुद ब्याजआम्दानी ६४ करोड ९८ लाख रुपैयाँ छ । यो गत वर्ष यसै अवधिको तुलनामा ४८.४० प्रतिशत अर्थात २१ करोड १९ लाख रुपैयाँले धेरै हो । बैंकको सञ्चालन नाफा पनि ५६.७१ प्रतिशत बढेर ४३ करोड ९२ लाख पुगेको छ ।

बैंकमा निष्कृय कर्जा अनुपात ०.४७ बाट घटेर ०.२८ प्रतिशतमा सीमित बनेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ४१ पैसा छ । बैंकको मूल्य आम्दानी अनुपात ९.२३ गुणा बढी छ ।

यसरी प्रयोग गर्नुहोस् डेटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।