मेरो माइक्रोफाइनान्सले तोक्यो हकप्रद निष्काशन गर्न बुकक्लोज

Jan 29, 2019 Merolagani

मेरो माइक्रोफाइनान्स (MERO) ले धितोपत्र बोर्डबाट शतप्रतिशत हकप्रद जारी गर्ने अनुमति प्राप्त गरे लगत्तै हकप्रद जारी गर्न शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति तोकेको छ

माइक्रोफाइनान्स सञ्चालक समितिको माघ १५ गते मंगलबार सम्पन्न ८१ औं सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्न माघ २४ गते बिहीबार एकदिन बुकक्लोज गर्ने निर्णय गरेको हो ।

यसअनुसार माघ २३ गते बुधबारसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् ।

माइक्रोफाइनान्सले बोर्डबाट माघ १४ गते सोमबार गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १५ प्रतिशत बोनस पश्चात कायम चुक्ता पूँँजी ३२ करोड ८९ लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्न अनुमति पाएको थियो।

हाल माइक्रोफाइनान्सलको चुक्ता पूँजी ३२ करोड ८९ लाख रुपैयाँ छ । हकप्रदपछि माइक्रोफाइनान्सको चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।

गत कात्तिक ९ मा सम्पन्न छैटौं वार्षिक साधारण सभाले कायम पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो।

चालु आर्थिक वर्षमा पुस मसान्तसम्ममा माइक्रोफाइनान्सले ६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ६२ पैसा कायम गरको छ।

मेरो माइक्रोफाइनान्सको नाफा झण्डै दोब्बर, सञ्चालन नाफा ९ करोड ७२ लाख

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।