महुली सामुदायिक लघुवित्तको खुद नाफा दुई करोड

Jan 29, 2019 Merolagani

महुली सामुदायिक लघुवित्त (MSLB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत वर्षको तुलनामा १४.६५ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा लघुवित्तले एक करोड ७६ लाख खुद नाफा आर्जन गरेको थियो।

यस अवधिमा लघुवित्तले चुक्ता पूँजी ६ करोडबाट २० प्रतिशत बढाएर ७ करोड २० लाख पुर्याएको छ भने जगेडा कोषको आकार एक करोड बढाएर १६ करोड २४ लाख रुपैयाँ सञ्चित गरेको छ । 

लघुवित्तले ७९ करोड १३ लाख निक्षेप संकलन र ७७ करोड ७० लाख सापटीबाट एक अर्ब ७३ करोड ६७ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ । समीक्षा अवधिमा २० प्रतिशतले निक्षेप बढाएको लघुवित्तको कर्जा लगानी रकम ३० प्रतिशतले बढेको हो ।

यस अवधिमा लघुवित्तले ६ करोड ७६ लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा २९ लाख २४ हजार रुपैयाँले बढी हो । गत वर्षको यसै अवधिमा लघुवित्तले ६ करोड ४६ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६३ पैसाले घटेको छ । गत वर्षको पुस मसान्तमा ५८ रुपैयाँ ९८ पैसा प्रतिशेयर आम्दानी रहेको लघुवित्तको चालु आर्थिक वर्षको यसै अवधिमा ५६ रुपैयाँ ३५ पैसामा झरेको हो ।

लघुवित्तको निष्क्रिय कर्जा अनुपात सुधार भई १.७४ प्रतिशत रहेको छ भने प्रतिशेयर नेटवर्थ ३२५ रुपैयाँ ५७ पैसा र मूल्य आम्दानी अनुपात ४६.५० गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।