पुस मसान्तसम्ममा लघुवित्तले एक करोड ७७ लाख खुद नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा करिब ३० लाख बढी हो। गत वर्षको यसै अवधिमा लघुवित्तले एक करोड ४७ लाख खुद नाफा आर्जन गरेको थियो।
गत आवको पुस मसान्तसम्म वार्षिक ६५ रुपैयाँ ६३ पैसा प्रतिशेयर आम्दानी रहेको लघुवित्तको चालु आवको दोस्रो त्रैमासमा ३४ रुपैयाँ १९ पैसामा खुम्चिएको छ । यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ४४ पैसाले घटेको हो।
लघुवित्तले चुक्ता पूँजी ४ करोड ५० लाखबाट १० करोड ३८ लाख पुगेको छ भने गत पुसमा रहेको २ करोड ९७ लाखको जगेडा कोष १९५.४७ प्रतिशतले सुधार गर्दै ८ करोड ७८ लाख रुपैयाँ सञ्चित गरेको छ ।
लघुवित्तले ५८ करोड १६ लाख निक्षेप संकलन र एक अर्ब ४४ करोड ७ लाख सापटीबाट २ अर्ब ८ करोड एक एक लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ । समीक्षा अवधिमा लघुवित्तले ९९ प्रतिशतले निक्षेप र ८६ प्रतिशत बढीले कर्जा लगानी बढाएको छ ।
यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१ प्रतिशतले बढेको छ । लघुवित्तले गत वर्ष पुसम्ममा ३ करोड ९१ लाख खुद ब्याज आम्दानी गरेकोमा अहिले ५ करोड १३ लाख खुद ब्याज आम्दानी गरेको छ ।
लघुवित्तले निष्क्रिय कर्जा अनुपात १.१८ बाट ०.७१ प्रतिशतमा झारेको छ भने प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ९७ पैसा र मूल्य आम्दानी अनुपात २८.९५ गुणा बढी छ।