सिटी एक्सप्रेस फाइनान्स अन्तरबैंक विधुतीय भुक्तानी प्रणालीमा, प्रणालीमा आबद्ध संस्थाको संख्या ७५ पुग्यो

Jan 29, 2019 Merolagani

सिटी एक्सप्रेस फाइनान्स नेपाल क्लियरिङ्ग हाउसको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा ७५ औं संस्थाको रुपमा आवद्ध भएको छ। बैंक वित्तीय संस्थाहरुलाई आवद्ध गराउँदै लाने क्रममा फाइनान्स कम्पनीलाई पनि आबद्ध गराएको हो।

यस प्रणाली मार्पmत कम्पनीसँग आबद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्णतया रुपमा स्ञ्ंचालन गर्न सक्नेछन् ।

ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, बिल भुक्तानी, प्रिमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन/तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले विभिन्न राष्ट्रिय स्तरका भुक्तानी प्रणालीहरु स्थापना र सञ्चालन गर्ने उद्देश्य लिएको छ ।

हालसम्म विद्युतीय माध्यमबाट चेकको राफसाफ गर्ने प्रणालीको लागि अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली र अनलाईन मार्फत सर्वसाधारणले सजिलैसँग विद्युतीय भुक्तानी गर्न सकिने कनेक्ट आईपिएस प्रणाली लागु गरी सञ्चालन गर्दै आएको छ ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग भएको यो सम्झौतासँगै कम्पनीले अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा ७५ बैंक तथा वित्तीय संस्थाहरुसँग प्रत्यक्ष र अन्य ३ कम्पनीसँग अप्रत्यक्ष टेक्निकल मेम्बरको रुपमा सम्झौता गरिसकेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।