एल.आई.सी. नेपालको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी प्रसाद दास नियुक्त

Jan 29, 2019 Merolagani

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (LICN) को प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी प्रसाद दास नियुक्त भएका छन्। कम्पनीको ९७ औं सञ्चालक समिति बैठकले ३ बर्षे कार्यकालको लागि दासलाई नियुक्त गरेको हो ।

यसअघि कम्पनीका नायब महाप्रबन्धक अभिजित घोष दस्तिदारले का.मु.प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पनि समालिरहेका थिए।

एमबिबिएससम्मको अध्ययन पूरा गरेका दाससँग २६ वर्षभन्दा बढी लामो समय जीवन बीमा क्षेत्रको अनुभव छ।

उनले एल.आई.सी. अफ इण्डियामा सन् १९९२ मा अधिकृतस्तरबाट सेवा शुरु गरेका थिए ।

एल.आई.सी. नेपालमा प्रमुख कार्यकारी अधिकृतको नियुक्ति पाउनुअघि उनी भारतको उडिसा राज्यको भुवनेश्वरस्थित एल.आई.सी.अफ इण्डियाको डिभिजन कार्यालयमा सिनियर डिभिजन म्यानेजरको रुपमा कार्यारत थिए।

दासले एल.आई.सी.अफ इण्डियाको सूचना प्रविधि, मानव संसाधन, प्रशासन, मार्केटिङ्ग लगायत प्रायः सबै विभागमा कार्य गरी अनुभव सङ्गालेको अनुभव छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।