पहिलो पटक यो किनमेल दिवस फेब्रुअरी १, २०१९ बाट आरम्भ हुने विज्ञप्तिमा उल्लेख छ । २४ घण्टाको सीमित अवधिभित्र उपभोक्ताहरुले चलेका ब्राण्डहरुमा आकर्षक बार्गेन डिलमा सामान किन्न पाउने बताइएको छ ।
“प्रमुख अनलाइन सपिङ्ग केन्द्र हुनाले दराजले नेपालमा पहिलो पटक ब्राण्ड डे उत्सव प्रारम्भ गर्दैछ जसमा एक ब्राण्डले एक दिनमा विशेष महत्व पाउनेछ । उपभोक्ताहरुले पनि सो दिनमा अद्भुत किनमेलको अनुभव संगाल्न सक्नु हुनेछ । अझ, सो दिन आकर्षक डिलहरु, मनोरन्जनात्मक खेलहरु र संग्रहणीय भाउचरहरुद्वारा ग्राहकहरुलाई उत्साहित गराइनेछ ।” दराजका सह प्रबन्ध निर्देशक लीनो एह्लेरिङले भने ।