सनराइज बैंकको जगेडा कोष दोब्बर बन्दा अन्य सूचकहरुमा यस्तो देखियो प्रगति

Jan 30, 2019 Merolagani

सनराइज बैंक (SRBL) ले चालू आर्थिक वर्षको ६ महिना अवधिमा गत आवको यसै अवधिको तुलनामा उल्लेख्य प्रगति गर्दै लगेको छ। बैंकले जगेडा कोषको आकार दोब्बर बनाएको छ भने निक्षेप संकलन र कर्जा प्रवाहलाई सन्तुलनमा राख्दै करिब ३५ प्रतिशतले खुद नाफा बढाएको छ ।

चुक्ता पूँजी स्थिर रहेको बैंकले समीक्षा अवधिमा पाँच रुपैयाँले प्रतिशेयर आम्दानी सुधार गरेको छ भने खराब कर्जा अनुपात घटाएर बैंकका अन्य आम्दानीका सूचकहरु समेत बढाएको छ ।

सनराइजले नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार पुस मसान्तसम्ममा ७९ करोड २७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्ष यसै अवधिमा ५८ करोड ७५ लाख खुद नाफा गरेकोमा २० करोड ५२ लाखले मुनाफा बढाएको हो ।

रेगुलेटरी एड्जस्टमेन्टले फ्रि प्रोफिटमा संकुचन

एनएफआरएस प्रतिवेदन अनुसार सनराइज बैंकले ७२ करोड ६१ लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ । गत वर्ष यस्तो रकम ५८ करोड ७५ लाख रहेको थियो ।

चालू आवको दोस्रो त्रैमासमा राष्ट्र बैंकको रेगुलेटरी एडजस्टमेन्टमा ६ करोड ६५ लाख व्यवस्था गर्दा बैंकको फ्रि प्रोफिट खुद नाफाभन्दा घटेको हो । तर गत वर्षको पुसमसान्तसको तुलनामा भने चालू आवको यसै अवधिमा तुलनामभा भने २३.५९ प्रतिशतले फ्रि प्रोफिट बढेको छ ।

एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।

चुक्ता पूँजी स्थिर रहँदा प्रतिशेयर आम्दानीमा सुधार, जगेडा दोब्बर

बैंकको चुक्ता पूँजी ८ अर्ब १५ करोड २५ लाख रुपैयाँमा स्थिर रहेपश्चात बैंकको वार्षिक प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४१ पैसाबाट पाँच रुपैयाँ बढेर १९ रुपैयाँ ४५ पैसा पुगेको छ ।

बैंकको प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ३७ पैसा र मूल्य आम्दानी अनुपात १०.८० गुणा बढी रहेको छ ।

समीक्षा अवधिमा बैंकले ९५.४८ प्रतिशतले जगेडा कोष बढाउँदा ४ अर्ब १० करोड ६१ लाख सञ्चित हुन पुगेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकको जगेडा कोषमा २ अर्ब १० करोड ५ लाख रुपैयाँ मात्र सञ्चित रहेको थियो ।

नोट:रकमलाई हजारमा देखाइएको छ ।

निक्षेप संकलन र कर्जा विस्तार सन्तुलित

गत आवको दोस्रो त्रैमासको तुलनामा बैंकले निक्षेप संकलन २०.२२ र कर्जा विस्तारलाई २०.४७ प्रतिशतले बढाउँदै आफ्नो खुद नाफा बढाएसँगै बैंकको अधिकांश सूचक सकारात्मक देखिएका हुन् ।

यस अवधिमा बैंकको निक्षेप ६३ अर्ब ६२ करोड ९२ लाखबाट ७६ अर्ब ६ करोड २६ लाखमा बढोत्तरी गरेको छ । त्यसैगरि कर्जा परिचालनतर्फ ५६ अर्ब २४ करोड १७ लाख रहेकोमा बढोत्तरी गरेर ६७ अर्ब ७५ करोड ३७ लाख रुपैयाँ लगानी गरेको छ ।

निष्कृय कर्जा अनुपात घट्यो

व्यवसायको आकारमा बढोत्तरी गर्दा समेत खराब कर्जा नियन्त्रण गर्दै जाने बैंकहरुको सूचीमा सनराइज पनि परेको छ ।

बैंकले गत आर्थिक वर्षको पुस मसान्तसम्म बैंकमा रहेको १.६५ प्रतिशतको खराब कर्जा अनुपातलाई चालू आवको यसै अवधिमा १.२६ प्रतिशतमा झरेको छ ।

खुद ब्याज आम्दानी ८२ करोड

निक्षेप संकलन र कर्जा प्रवाह दुबै बढाएर प्रगति गर्न तम्सिएको यस बैंकले चालू आवको ६ महिना अवधिमा एक अर्ब ७२ करोड १६ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । यस अवधिमा बैंकले ४ अर्ब ४९ करोड ५५ लाख ब्याज आम्दानी गरेर २ अर्ब ७७ करोड ४१ लाख रुपैयाँ ब्याज खर्च गरेको हो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमास अवधिमा बैंकको खुद ब्याज आम्दानी एक अर्ब २७ करोड ४४ लाख रहेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४ करोड ६९ लाख रुपैयाँले बढाएको हो ।

निक्षेप लागत ७.५५ र आधार ब्याजदर १०.६३ प्रतिशत

वित्तीय बजारमा तरलताको चरम संकटको अवस्था सिर्जना हुँदा त्यसको असर बैंकको वित्तीय विवरणमा पनि देखिएको छ ।

यस अवधिमा बैंकको आधार ब्याजदरमा केही राहत मिलेको छ भने निक्षेप संकलन लागतमा वृद्धि भएको छ ।

गत आवको प्रथम त्रैमासमा बैंकको निक्षेप लागत ७.३२ प्रतिशतबाट ७.५५ मा बढेको छ भने आधार ब्याजदर १०.९७ बाट १०.५५मा घट्न पुगेको छ । यसले बैंकबाट कर्जा लिने ऋणीलाई थोरै भएपनि राहत मिल्ने आंकलन गर्न सकिन्छ ।

प्रतिवेदन अनुसार सनराइज बैंकको कर्जा निक्षेप अनुपात भने सहज अवस्थामा रहेको छ । गत वर्ष यसै अवधिमा ७८.६४ प्रतिशत रहेकोमा चालू आवको दोस्रो त्रैमासिक अवधिमा ७६.०२ प्रतिशतमा झरेको छ ।

राष्ट्र बैंकको व्यवस्था अनुसार हरेक वाणिज्य बैंकले एक सय रुपैयाँ निक्षेप संकलन गर्दा ८० रुपैयाँ मात्र कर्जा परिचालन गर्न पाउँछन् ।

यसरी प्रयोग गर्नुहोस् डेटा एनालिटिक्स

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।