मिसन डेभलपमेन्टको खुद नाफा ८ प्रतिशतले बढ्यो

Jan 30, 2019 Merolagani

मिसन डेभलपमेन्ट बैंक (MIDBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ करोड ७ लाख खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। यो गत वर्षको पुस मसान्तको तुलनामा ८.६५ प्रतिशतले बढी हो।

गत वर्षको यसै अवधिमा ३ करोड ७४ लाख खुद ब्याज आम्दानी गरेको थियो । चुक्ता पूँजी ५७ करोड ६४ लाख रहेको बैंकको जगेडा कोषमा ९ करोड ६७ लाख रुपैयाँ सञ्चित छ । 

समीक्षा अवधिसम्ममा बैंकको निक्षेप संकलन ५२ प्रतिशतले वृद्धि भई ४ अर्ब ७९ करोड ८५ लाख पुगेको छ र कर्जा लगानी ४२.४२ प्रतिशतले वृद्धि भई ४ अर्ब १२ करोड ८८ लाख पुगेको छ । समीक्षा अवधिमा बैंकले ५२ प्रतिशतले निक्षेप संकलन बढाउँदा कर्जा लगाी ४२ प्रतिशत धेरैले विस्तार गरेको छ ।

यस अवधिमा बैंकले खुद ब्याज आम्दानी २०.७५ प्रतिशतले बढाएर ८ करोड २७ लाखबाट ९ करोड ९९ लाख आर्जन गरेको छ ।

बैंकको निष्क्रिय कर्जा अनुपात ०.२७ बाट बढेर ०.३२ प्रतिशत पुगेको छ ।

चुक्ता पूँजी ११ प्रतिशतले बढ्दा पनि नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ १३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ६४ पैसा र मूल्य आम्दानी अनुपात १९.७६ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।