यस अवधिमा लघुवित्तले १६२ प्रतिशतले खुद नाफा बढाएर एक करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको पुस मसान्तसम्म लघुवित्तले खुद नाफा ७४ लाख ७० हजार रुपैयाँ मात्र थियो ।
गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस वितरण पछि कम्पनीको चुक्ता पूँजी ११ करोड ४ लाख रुपैयाँ पुगेको छ । यस्तै जगेडा कोष २ करोड २३ लाखबाट ३ करोड ५० लाखमा सञ्चित हुन पुगेको छ । छैटौं वार्षिक साधारण सभाले पारित गरेअनुरुप शतप्रतिशत हकप्रद जारी गर्न लागेको यस लघुवित्तले कल इन एडभान्स वापत ७ करोड ७३ लाख संकलन भएको जनाएको छ ।
समीक्षा अवधिमा कम्पनीले ५६ करोड ६४ लाख निक्षेप संकलन र एक अर्ब ७६ करोड ६० लाख बैंकबाट सापटी लिएर २ अर्ब २० करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। कम्पनीले गत वर्षको तुलनामा निक्षेप ३२ करोड ५० लाख र कर्जा एक अर्ब ५४ करोड रुपैयाँले बढाएको हो ।
कम्पनीको खुद ब्याज आम्दानी २ करोड ५१ लाखबाट ५ करोड १८ लाख रुपैयाँ पुगेको छ । यसबाट कम्पनीले २ करोड ९१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत वर्ष पुस मसान्तमा कम्पनीको सञ्चालन नाफा ९५ लाख ८४ हजार थियो ।
यस अवधिमा कम्पनीको खराब कर्जा अनुपातमा सुधार आएको छ । गत वर्ष १.३० प्रतिशत खराब कर्जा रहको यो अनुपात ०.५३ प्रतिशतमा झरेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ५० पैसा, प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ७३ पैसा, र मुल्य आम्दानी अनुपात ३३.०४ गुणा बढी छ ।