केन्द्रीय बैंकले ४० अर्ब रुपैयाँ बराबरको एक सय रुपैयाँ दरका ४० करोड थान नोट छाप्न बोलपत्र आह्वान गरेको हो ।
योग्य कम्पनीले नोट डिजाइन, प्रकाशन र आपुर्ति गर्नुपर्ने राष्ट्र बैंकले जानकारी गराएको छ ।
राष्ट्र बैंकका अनुसार इच्छुक कम्पनीले फागुन ९ भित्र बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्नका लागि २० हजार रुपैयाँ लाग्ने छ । तर उक्त रकम भने फिर्ता नहुने राष्ट्र बैंकले जनाएकोे छ ।
बोलपत्र खोलिएको १२० दिनसम्म म्याद रहने छ । बोलपत्रका लागि ३ करोड १० लाख रुपैयाँ जम्मा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । बोलपत्र राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा फागुन ९ गते खोलिने राष्ट्र बैंकले बताएको छ ।