गत वर्ष पुस मसान्तसम्ममा लघुवित्तले एक करोड ७२ लाख ३० हजार खुद नाफा आर्जन गरेको थियो ।
खुद नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा ४ रुपैयाँ ५६ पैसा बढोत्तरी देखिएको छ । गत वर्ष पुस मसान्तमा वार्षिक २० रुपैयाँ २७ पैसा रहेको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ८३ पैसामा बढेको हो ।
समीक्षा अवधिमा लघुवित्तले १७ करोडको चुक्ता पूँजी २३.५३ प्रतिशतले बढाएर २१ करोड पुर्याएको छ भने जगेडा कोषमा २५.९६ प्रतिशतले सुधार गर्दै ७ करोड १५ लाख सञ्चित गरेको छ ।
लघुवित्तले ६९ करोड ७० लाख निक्षेप संकलन र ७४ करोड ४ लाख सापटीबाट एक अर्ब ५७ करोड ८८ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ । समीक्षा अवधिमा लघुवित्तले २९.६३ प्रतिशतले बचत संकलन र १८.२७ प्रतिशतले ऋण लगानी बढाएको हो ।
यस अवधिमा लघुवित्तले ७ करोड २१ लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ३७.९८ प्रतिशतले बढी हो । गत वर्ष पुस मसान्तमा लघुवित्तले ५ करोड २२ लाख खुद ब्याज आम्दानी गरेको थियो ।
लघुवित्तको निष्क्रिय कर्जा अनुपात ०.३८ बाट बढेर १.३६ प्रतिशत पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ६ पैसा र मूल्य आम्दानी अनुपात ५७.६७ गुणा बढी छ ।