उन्नति माइक्रोफाइनान्सको खुद नाफा दुई करोड माथि, इपिएस घट्यो

Jan 31, 2019 Merolagani

उन्नति माइक्रोफाइनान्स (UMB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। माइक्रोफाइनान्सको कमाएको यो खुद नाफा गत वर्षको पुसको तुलनामा ८२ प्रतिशतले धेरै हो।

गत वर्ष पुस मसान्तमा माईक्रोफाइनान्सले एक करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

समीक्षा अवधिमा ३ करोड ८५ लाखको चुक्ता पूँजी शतप्रतिशत वृद्धि गरेको लघुवित्तको प्रतिशेयर आम्दानी पाँच रुपैयाँ ६० पैसा घटेको छ । गत पुसमा ६० रुपैयाँ २७ पैसा रहेको कम्पनीको इपिएस ५४ रुपैयाँ ६७ पैसामा खुम्चिएको हो। उच्च पूँजी वृद्धिको असर माइक्रोफाइनान्सको इपिएसमा देखिएको छ।

यस अवधिमा उन्नतिको चुक्ता पूँजी ७ करोड ७२ लाख रुपैयाँ र जगेडा कोषमा दुई करोड ९१ लाख रुपैयाँ सञ्चित छ ।

पुस मसान्तसम्ममा माइक्रोफाईनान्सले ४४ करोड ५१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । माइक्रोफाइनान्सले एक अर्ब ९ करोड ६२ लाख रुपैयाँ सापटी लिएर एक अर्ब २४ करोड ४१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

समीक्षा अवधिमा माइक्रोफाइनान्सले ५ करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा दुई करोड ११ लाख रुपैयाँले धेरै हो ।

यस अवधिमा माइक्रोफाईनान्सको सञ्चालन मुनाफा तीन करोड २९ लाख रुपैयाँ छ । गत वर्ष पुसमा माइक्रोफाईनान्सको सञ्चालन नाफा एक करोड ७९ लाख रुपैयाँ थियो ।

माइक्रोफाइनान्समा निष्कृय कर्जा अनुपात ०.७८ प्रतिशत छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ७३ पैसा तथा मूल्य आम्दानी अनुपात ३३.४७ गुणा बढी छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।