सनराइज बैंकले एक अर्बको ऋणपत्र जारी गर्ने, कति पाइन्छ ब्याजदर ?

Feb 01, 2019 Merolagani

सनराइज बैंक (SRBL) ले एक अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरका १० लाख कित्ता ऋणपत्र बिक्री गर्न नियामक धितोपत्र बोर्डमा माघ १३ गते निवेदन दिएको छ ।

सनराइज बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा पाँच वर्ष अवधिको '१०% सनराइज डिबेञ्चर २०८० ' निष्काशनको लागि अनुमति मागेको हो। ऋणपत्र बिक्री गर्न प्रभु क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

बैंकले जारी गर्ने १० लाख कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात ४ लाख कित्ता सर्वसाधारणका लागि बिक्रीमा आउनेछ भने ६० प्रतिशत अर्थात ६ लाख कित्ता व्यक्तिगत तवरले बिक्री हुनेछ । 

यसअघि कूल निष्काशनको २० प्रतिशत मात्र सर्वसाधारणमा बिक्रीमा आउने गरेकोमा मुद्रा तथा पूँजी बजार कार्यदलले दिएको सुझावका आधारमा धितोपत्र बोर्डले हाल ४० प्रतिशत पुरयाएको हो ।

पछिल्लो समय उच्च कर्जाको मागका कारण लगानीयोग्य तरलता रकम अभावका कारणले बैंकहरुले पूँजी प्रयाप्तता अनुपात बढाउन तथा व्यसाय विस्तारका लागि ऋणपत्रलाई बैकल्पिक औजारको रुपमा प्रयोग गर्न थालेका छन् ।

ऋणपत्र निक्षेप संकलनको दिर्घकालीन औजार भएका कारणले पनि बैंकहरुलाई अतिरित्त पुँजी जुटाउन ऋणपत्र सहयोगी बन्दै आएको छ । तर बैंकको अपेक्षा अनुरुप ऋणपत्र भने बिक्री हुन सकेको छैन ।

हाल एनआईसी एशियाको ४ अर्बको ऋणपत्र बिक्री खुला भइरहेको छ भनेृ एनएमबि बैंकले पनि ३ अर्बको ऋण बिक्री गर्न बोर्डको अनुमति मागेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।