यी कम्पनीहरुले साधारण सभाका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गरेको दिनसम्म हितग्राही खातामा बैंक खाता अद्यावधि भएका शेयरधनीलाई लाभांश वितरण गरेका हुन् ।
हालसम्म पनि बैंक खाता अभौतिकीकरण नगराएका शेयरधनीले हितग्राही खाता खोली आफ्नो शेयर यथाशिघ्र अभौतिकीकरण गराई हितग्राही खातामा बैंकको खाताको विवरण अद्यावधिक गरेपछि खातामा नै नगद लाभांश जम्मा ती कम्पनीले जनाएका छन् ।
नेपाल एसबिआई बैंक (SBI) को पुस २८ गते सम्पन्न छैटौं वार्षिक साधारण सभाले शेयरधनीलाई १०.७९ प्रतिशत नगद लाभांश तथा ५ प्रतिशत बोनस पारित गरेको थियो । बैंकको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड, हात्तिसार रहेको छ ।
यसैगरि सप्तकोशी डेभलपमेन्ट बैंक (SKDBL) को पुस ३० गते सम्पन्न २५ औं वार्षिक साधारण सभाले शेयरधनीलाई ५.०३६ प्रतिशत नगद लाभांश तथा ३ प्रतिशत बोनस पारित गरेको थियो । बैंकको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी रहेको छ ।
सांग्रीला डेभलपमेन्ट बैंक (SADBL) को पुस ३० गते सम्पन्न १४ औं वार्षिक साधारण सभाले शेयरधनीलाई ४.४५ प्रतिशत नगद लाभांश तथा ४ प्रतिशत बोनस पारित गरेको थियो । बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट रहेको छ ।
यस्तै सोल्टी होटल (SHL) को पुस २६ गते सम्पन्न ४४ औं वार्षिक साधारण सभाले शेयरधनीलाई १६.३२ प्रतिशत नगद लाभांश तथा १० प्रतिशत बोनस पारित गरेको थियो । कम्पनीको शेयर रजिष्ट्रारको कार्यालय आफ्नै कार्यालय ताहाचलमा रहेको छ ।
र नेरुडे लघुवित्त (NLBBL) को पुस २० गते सम्पन्न १२ औं वार्षिक साधारण सभाले शेयरधनीलाई ५.७९ प्रतिशत नगद लाभांश तथा १५ प्रतिशत बोनस पारित गरेको थियो । कम्पनीको शेयर रजिष्ट्रारको सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी रहेको छ ।
पाँचवटै कम्पनीको बोनस शेयर शेयर भने सम्बन्धित कम्पनीले नेप्सेमा सूचीकरण गराएपश्चात मात्र शेयरधनीको हितग्राहि खातामा जम्मा गर्नेछन् ।
मेगा बैंकको नगद लाभांश वितरण, हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न आह्वान