आशा लघुवित्तको आईपिओमा पहिलो दिनमै करिब ४ गुणा आवेदन !

Feb 02, 2019 Merolagani

आशा लघुवित्त वित्तीय संस्था (ALBSL) ले माघ १८ गतेदेखि निष्काशन गरेको साधारण शेयर आईपिओमा पहिलो दिन शुक्रबार नै करिब ४ गुणाको माग आवेदन परेको छ। कम्पनीले सर्वसाधारणमा निष्काशन गरेकाे ६ करोड २९ लाख ९३ हजार रूपैयाँ बराबरको आईपिओमा करिब साढे २३ करोड रूपैयाँको माग भएको हो।

लघुवित्त कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले शुक्रबार मात्रै करिब साढे ६१ हजार आवेदनबाट करिब २३ लाख ५० हजार कित्ता बराबरको शेयरका लागि २३ करोड ५० लाख रुपैयाँ बराबरको आवेदन परेको जनाएको छ ।

कम्पनीले शुक्रबारदेखि कूल ६ लाख ७४ हजार कित्ता आईपिओ निष्काशन गरेकोमा १० हजार ३७० कित्ता कर्मचारी र ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका इकाईहरुका लागि छुट्टाइएको छ । ६ लाख २९ हजार ९३० कित्ता शेयरका लागि सर्वसाधारणले माघ २२ गते मंगलबारसम्म आवेदन गर्न सक्नेछन्

लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आईपिओमा आवेदन गर्न सक्नेछन् भने मेरो शेयर प्रयोगकर्ताले उक्त सफ्टवेयर मार्फत माघ २२ गतेसम्म आवेदन गर्न सक्नेछन् ।

लघुवित्तले निष्काशन गर्न लागेको आईपिओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपि आइपिओ ग्रेड ४’ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउँछ ।

हाल १४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आईपिओ जारी गरेपछि २० करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । आईपिओ पश्चात कम्पनीको शेयर स्वामित्व संस्थापकतर्फ ६७.५ प्रतिशत र सर्वसाधारणतर्फ ३२.५ प्रतिशत कायम हुनेछ । 

नुवाकोटको ककनीमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले देशभरका विभिन्न २४ जिल्लामा ४३ ओटा शाखा कार्यालय स्थापना गरी वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

गत भदौ १७ गते आईपिओ निष्काशन गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन गरेको लघुवित्तले पुस २९ गते स्वीकृति पाएको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २६ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

कम्पनीले चालू आर्थिक वर्षको अन्त्यसम्ममा २ करोड ७५ लाख ६० हजार खुद मुनाफा गर्ने अनुमान गरेको छ । यस्तै आर्थिक वर्ष २०७६/७७ मा ६ कराेड २७ लाख ८२ हजार र आर्थिक वर्ष २०७७/७८ मा ६ कराेड ८१  लाख ३३ हजार खुद नाफा आर्जन गर्ने लघुवित्तकाे प्रक्षेपण छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।