लघुवित्त कम्पनीले गत पुस मसान्तसम्ममा एक करोड २८ लाख खुद नाफा गरेकोमा चालू आवको यसै अवधिमा दुई करोड ८४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । उच्च नाफा वृद्धिले लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ ।
यस्तै लघुवित्तले जगेडा कोषमा ब्यापक सुधार गरेको छ । यस अवधिमा लघुवित्तले १४६८ प्रतिशतले जगेडा कोषको आकार वृद्धि गरेको हो । गत आवको पुसमा लघुवित्तको जगेडा कोषमा ८५ लाख १४ हजार रुपैयाँ मात्र रहेकोमा चालू आवको यसै अवधिमा १३ करोड ३५ लाख पुगेको छ ।
गत आवको पुस मसान्तमा ७ रुपैयाँ ५४ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ९९ पैसा पुगेको हो ।
समीक्षा अवधिमा ३४ करोड ३ लाखको चुक्ता पूँजीलाई २९ करोड २१ लाख रुपैयाँले बढोत्तरी गरेर ६३ करोड ३५ लाख पुर्याएको छ । लघुवित्तले एक अर्ब ६४ करोड ५ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुबाट सापटी लिएर एक अर्ब ९१ करोड ६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट कम्पनीले ५ करोड ५६ लाख खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको पुसको तुलनामा ११७.४९ प्रतिशत धेरै हो ।
लघुवित्तले खर्च प्रणाली चुस्त बनाउँदा अघिल्लो आवको यसै अवधिको तुलनामा शतप्रतिशत सञ्चालन नाफा बढाएर ४ करोड २५ लाख कमाउन सकेको छ । अघिल्लो आवको पस मसान्तमा लघुवित्तको सञ्चालन नाफा दुई करोड १ लाख रहेको थियो ।
लघुवित्तको खराब कर्जा ०.४० प्रतिशत, निक्षेप लागत १०.७५ प्रतिशत, पूँजी कोष अनुपात ३८.२६ प्रतिशत, प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ८ पैसा र मूल्य आम्दानी अनुपात ४३.८२ गुणा रहेको छ ।