ग्रामीण विकास लघुवित्तको प्रतिशेयर आम्दानी करिब ३५ रुपैयाँ, जगेडा कोष मजबुत बन्दै

Feb 04, 2019 Merolagani

ग्रामीण विकास लघुवित्त (GBLBS) को चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ६४ पैसा कायम भएको छ। गत पुसमा रहेको २९ रुपैयाँ ९१ पैसाको इपिएसमा ४ रुपैयाँ ७३ पैसाले सुधार आएको हो। यस्तै कम्पनीले जगेडा काेषलाइ पनि मजबुत बनाउँदै लगेकाे छ।

यस अवधिमा लघुवित्तको खुद नाफा एक करोड ५४ लाख रुपैयाँले सुधार भएको छ। आर्थिक वर्ष २०७४/७५ पुसमा ९ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तको नाफा २०७५/७६ पुसमा ११ करोड ३४ लाख पुगेको हो ।

६५ करोड ५० लाख रुपैयाँमा चुक्ता पूँजी स्थिर र रहेको ग्रामिण विकास लघुवित्तले ६१ प्रतिशतले जगेडा कोषको आकार बढाएर ३८ करोड ४१ लाख रुपैयाँ सञ्चित गरेको छ । गत पुसमा कम्पनीको जगेडा कोषको आकार २३ करोड ८१ लाख रहेको थियो । 

२०७५ साल असारसम्म कूल सञ्चित नोक्सानी २५ करोड २६ लाख ४४ हजार रूपैयाँमा रहेकाे यस लघुवित्तले खुद नाफा र जगेडा काेषमा सुधार गर्दै लगेकाे छ । चालू आर्थिक वर्षभित्र सञ्चित नाेक्सानी सकाएर अर्काे वर्षबाट लाभांश बाँड्न सक्ने हैसियत बनाउने अवस्था संस्थाकाे प्रगतिले देखाउँछ ।

पूँजीको आधार थप मजबुत बनाउन भन्दै गत आश्विन ५ गते सम्पन्न संस्थाको विशेष साधारणसभाले पचास प्रतिशत (२ शेयर बराबर १ शेयर) हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेकाले प्रकृया अगाडि बढाइएको संस्थाका अध्यक्ष मणिकरत्न शाक्यले चौथो वार्षिक साधारण सभामा बताएका थिए । हकप्रद शेयर जारीपछि ९८ करोड २५ लाख रूपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

राष्ट्रिय स्तरको यस लघुवित्तमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक, अन्य बैंक तथा वित्तीय संस्थाहरु एवं सर्वसाधारणहरुको शेयर स्वामित्व रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तले दुई अर्ब ९७ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन र चार अर्ब ७५ करोड ७९ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर ९ अर्ब १७ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको निक्षेप १९.७९ प्रतिशत र कर्जा लगानी १२.८१ प्रतिशतले बढेको हो । सापटी रकम भने १.६० प्रतिशतले घटेको छ ।

लघुवित्तको कोषको लागत ८.८४ प्रतिशतबाट ९.२९ प्रतिशतमा बढेपछि ब्याज खर्च बढ्दा खुद ब्याज आम्दानी १० प्रतिशत मात्र वृद्धि भई ४४ करोड ५४ लाख आर्जन गरेको छ । कम्पनीले अघिल्लो बर्ष यसै अवधिमा ४० करोड ३५ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा कम्पनीले खराब कर्जा असुलीबाट ३ करोड ५५ लाख असुली गरेको छ । जसले नाफा वृद्धिमा योगदान पुर्याएको हो । लघुवित्तको सञ्चालन नाफा १६ प्रतिशत बढेर १४ करोड २६ लाख पुगेको छ ।

लघुवित्तको निष्कृय कर्जा अनुपात भने उच्च रहेको छ । यस अवधिमा प्रतिशत खराब कर्जा अनुपात ४.५० प्रतिशत रहेकाले यसको नियन्त्रणमा व्यवस्थापनले थप जोड दिन आवश्यक देखिन्छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ६५ पैसा र मूल्य आम्दानी अनुपात १२.२७ गुणा रहेको छ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकको अग्रसरतामा पाँच विकास क्षेत्रमा स्थापना भएका साविकका पाँच वटा ग्रामीण विकास बैंकहरु मर्ज भई राष्ट्रिय स्तरको लघुवित्त रुपमा यस कम्पनीले २०७१ साउन ३० गते देखि एकिकृत कारोबार शुरु गरेको थियो। 

सो समयमा खराब कर्जाले झण्डै विघटनको संघारमा पुगेका पाँच वटा पुवार्ञ्चल ग्रामिण विकास बैंक, माध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्य पश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर  पश्चिमाञ्चल ग्रामिण विकास बैंक मर्ज गराइएको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।