नागरिक लघुवित्त ४९ लाख नोक्सानीमा

Feb 04, 2019 Merolagani

बनेपाको साँगामा केन्द्रीय कार्यालय रहेको नागरिक लघुवित्त (NLBSL) ले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासम्ममा ४९ लाख ६४ हजार नोक्सानी ब्यहोरेको वित्तीय विवरण प्रकाशित गरेको छ। गत असोजसम्ममा लघुवित्तको नोक्सानी २२ लाख २७ हजार रहेको थियो ।

वि.सं. २०७४ साल माघ १५ गतेबाट वित्तीय कारोबार सञ्चालन गरेको नागरिक लघुवित्त व्यसायिक कारोबारले खर्च धान्न नसकेका कारण नोक्सानीमा गएको हो । ९० लाख निक्षेप संकलन र ५ करोड ८५ लाख बैंक तथा वित्ती संस्थाबाट सापटी लिएर कम्पनीले ८ करोड ८७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । 

यस अवधिमा लघुवित्तले १२ लाख २६ हजार खुद ब्याज आम्दानी गरेको छ । ४३ लाख कर्मचारी र २६ लाख अन्य सञ्चालन खर्च सहित ५१ लाख ७६ हजार सञ्चालन नोक्साीमा पुगेको कम्पनी २ लाख १२ हजार खराब कर्जा उठाउँदा ४९ लाख नोक्सानीमा झरेको हो ।

एक करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तमा ७० प्रतिशत संस्थापक शेयर स्वामित्व रहेको छ भने ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नेछ । चालू आवको पस मसान्तसम्ममा कम्पनी ३१ लाख ५६ हजार रुपैयाँ जगेडा नोक्सानीमा छ ।

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको लघुवित्त वित्तीय संस्थाको रुपमा इजाजत लिएको यस कम्पनी वि।सं २०७४ असार २५ गते पब्लिक कम्पनीमा दर्ता भएको थियो ।

लघुवित्तको कार्यक्षेत्र काभ्रेपलाञ्चोक सहित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, नुवाकोट, गोर्खा, धादिङ, लमजुङ र तनहुँ गरि १० जिल्लामा रहेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।