सूर्योदय लघुवित्तको खुद नाफा ६१% बढ्यो,इपिएसमा १२ रूपैयाँ गिरावट

Feb 04, 2019 Merolagani

सूर्योदय लघुवित्त (SLBS) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा ६१ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको दोस्रो त्रैमासमा लघुवित्तले एक करोड एक लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा ४२.७५ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रदबाट ४ करोड ७६ लाख चुक्ता पूँजीबाट १२६ प्रतिशत पूँजी बढाएर १० करोड ७९ लाख १९ हजार रुपैयाँ कायम गरेको छ ।

लघुवित्तको जगेडा कोषको आकार ६ करोड ५५ लाख रुपैयाँको रहेको छ । यस अवधिमा कम्पनीले २ करोड २० लाख रुपैयाँले जगेडा कोष बढाएको हो ।

पुस मसान्तसम्ममा ४८ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ६६ करोड ७७ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण सापटी गरेर एक अर्ब १० करोड ८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तले ४ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्ष यसै अवधिको तुलनामा ५९.३३ प्रतिशत अर्थात एक करोड ८१ लाख रुपैयाँले धेरै हो । पुस मसान्तमा लघुवित्तले गत आवगको यसै अवधिको तुलनामा ३८.८८ प्रतिशत धेरै दुई करोड २१ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ ।

हाल लघुवित्तमा निष्कृय कर्जा अनुपात १.०९ प्रतिशतमा घटेको छ । उच्च पूँजी वृद्धिको चापले लघुवित्तको प्रतिशेयर आम्दानी भने ४२ रुपैयाँ ७१ पैसाबाट १२ रूपैयाँ  ३६ पैसा घटेर ३० रुपैयाँ ३५ पैसामा झरेको छ ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ७४ पैसा र मूल्य आम्दानी अनुपात ३३.१४ गुणाले बढी छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।