पुसमा शेयर बजार ३८ अंकले बढ्दा यस्तो देखियो म्युचुअल फण्डको अवस्था

Feb 04, 2019 Merolagani

- सुधा देवकोटा
पछिल्ला तीन महिना लगातार ओरालो गति लिएका म्युचुअल फण्डहरु पुस महिनामा भने केही सकरात्मक बाटोमा हिँडेको देखिएको छ । निरन्तर घट्दो अवस्थाका बिच पुस महिनामा शेयर बजारमा सामान्य सुधार हुदा फण्डहरुको प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभि) का साथै अरु सूचकहरुमा सामान्य सुधार देखिएको हो ।

पुस महिनामा नेप्से सूचक ११४८.७८ अंकबाट बढेर ११८६.८० बिन्दुमा पुगेको छ । पुस महिनामा शेयर बजार ३८.०२ अंकले सुधारिँदा त्यसको प्रभाब फण्डहरुको आम्दानीका सूचकहरुमा परेको हो ।

पुस महिनामा सबै फण्डहरुको एनएभिमा सुधार

पुस महिनामा सबै फण्डहरुको प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभि) मा देखिएको वृद्धि यस्तो छ ।

मंसिर महिनाको तुलनामा पुसमा १३ वटा फण्डहरु मध्ये ग्लोबल आइएमई समुन्नत योजना १ को प्रतिइकाई खुद सम्पत्ति मूल्य (एनएभि) सबै भन्दा धेरै अर्थात ०.७६ पैसाले बढेको छ । यद्यपि फण्डको एनएभि आधार मूल्य भन्दा तल छ । पुस मसान्तसम्ममा फण्डको एनएभि ८ रुपैयाँ ७७ पैसा कायम भएको थियो ।

सञ्चालनमा रहेका फण्डहरुमध्ये एनएमबि हाईब्रिड फण्डको एनएभि सबै भन्दा थोरै अर्थात २९ पैसाले बढेको छ । यो फण्डको एनएभि आधार मूल्य भन्दा माथि रहेको छ । पुस मसान्तमा फण्डको एनएभि १० रुपैयाँ ६७ पैसा थियो ।

यसैगरी नबिल इक्विटी फण्ड ७४ पैसा, एनएमबि सुलब इन्भेष्टमेण्ट फण्ड १ को ५० पैसा, सिद्धार्थ इक्विटी र लक्ष्मी इक्युटि फण्डको ४५ पैसा, एनआईबिएल समृद्धि फण्ड १ को ४२ पैसा, सिटिजन्स म्युचुअल फण्ड १ को ४० पैसा, एनआईसि एसिया ग्रोथ फण्ड र एनआईबिएल प्रगति फण्डको ३९ पैसा, सद्धार्थ इक्विटी फण्ड र सानिमा इक्विटी फण्डको ३८ पैसा तथा लक्ष्मी भ्यालु फण्ड १ को एनएभि ३६ पैसाले बढेको छ ।

खुद सम्पत्तिमा ग्लोबल आइएमई समुन्नत योजना १ को अग्रता

मंसिर महिनाको तुलनामा पुसमा ११ वटा म्युचुअल फण्डको खुद सम्पत्ति बढोत्तरी भएको छ भने दुई वटा फण्डको खुद सम्पत्ति खुम्चिएको छ ।

खुद सम्पत्तिको आधारमा ग्लोबल आइएमई समुन्नत योजनाले अग्रता लिएको छ । पुसमा ग्लोबलको खुद सम्पत्ति ८७ करोड ७० लाख रुपैयाँ छ । गत महिनाको तुलनामा फण्डको खुद सम्पत्ति ७ करोड ६४ लाख रुपैयाँले वृद्धि भएको हो । मंसिरमा फण्डको खुद सम्पत्ति ८० करोड ६ लाख रुपैयाँ थियो ।

लक्ष्मी इक्विटी फण्डको ५ करोड ६५ लाख , सिद्धार्थ इक्विटी फण्डको ५ करोड ५८ लाख रुपैयाँ, सिद्धार्थ इक्विटी ओरियन्टेड फण्डको ४ करोड ५२ लाख रुपैयाँ, एनआईबिएल समृद्धि फण्डको ४ करोड २८ लाख रुपैयाँ र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डको तीन करोड ७४ लाख रुपैयाँले खुद सम्पत्ति बढेको छ ।

त्यसै गरी सिटिजन्स म्युचुअल फण्डको तीन करोड ३४ लाख रुपैयाँ, एनआइसि एशिया ग्रोथ फण्डको तीन करोड २५ लाख रुपैयाँ र लक्ष्मी भ्यलु फण्ड तथा सानिमा इक्विटी फण्डको खुद सम्पत्ति एक करोड रुपैयाँ भन्दा धेरैले बढेको छ ।

उता नबिल इक्विटी फण्डको खुद सम्पत्ति ९ करोड ३१ लाख रुपैयाँ र एन आइबिएल प्रगति फण्डको दुई करोड ९३ लाख रुपैयाँले घटेको छ ।

शेयरमा कुन फण्डको लगानी धेरै ?

मंसिर महिनाको तुलनामा पुसमा ९ वटा फण्डले शेयरमा लगानी बढाएका छन् भने ४ वटाको लगानी घटेको छ । जस मध्ये एनआईसि एसिया ग्रोथ फण्डले शेयरमा ८ करोड ३६ लाख रुपैयाँले लगानी बढाएको छ भने सिद्धार्थ इक्विटी आरियन्टेडले ११ करोड ३८ लाख रुपैयाँले लगानी घटाएको छ ।

शेयरमा लगानी बढाएका म्युचुअल फण्डहरुमा नबिल इक्विटीले ५ करोड ५४ लाख रुपैयाँ, सिटिजन्स म्युचुअल फण्डले ४ करोड ४८ लाख, एनआईबिएल प्रगतिले तीन करोड ४२ लाख, ग्लोबल आइएमई समुन्नतले दुई करोड ७७ लाख रुपैयाँ, लक्ष्मी इक्विटीले दुई करोड ५८ लाख रुपैयाँ, एनएमबि सुलभ इनभेष्टमेन्टले दुई करोड ३१ लाख र लक्ष्मी भ्यालु फण्ड तथा एनएमबि हाइब्रिडले एक करोड भन्दा धेरैले लगानी बढाएका छन् ।

यसैगरी सानिमा इक्विटीको ४ करोड रुपैयाँ, सिद्धार्थ इक्विटीको तीन करोड र एनआईबिएल समृद्धिको एक करोड ४० लाख रुपैयाँले शेयरमा लगानी घटेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।