हिमालय ऊर्जाको आईपिओ धितोपत्र बोर्डबाट स्वीकृत

Feb 04, 2019 Merolagani

हिमालय ऊर्जा विकास कम्पनीले सर्वसाधारणको लागि निष्काशन गर्न लागेको साधारण शेयरलाई धितोपत्र बोर्डले स्वीकृति दिएको छ । धितोपत्र बोर्डले कम्पनीलाई १४ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि स्वीकृति दिएको हो ।

निजी क्षेत्रबाट प्रवद्धित हिमालय ऊर्जाले दोस्रो चरणमा १५ प्रतिशत शेयर साधारणका लागि निष्काशन गर्न बोर्डबाट स्वीकृति पाएको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका १४ लाख ८५ हजार कित्ता सेयर निष्काशन गर्नेछ । आइपिओ निष्काशन सम्बन्धी काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले गर्नेछ ।

कम्पनीले आयोजना प्रभावित बासीन्दालाई यस अघि नै शेयर निष्काशन गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानियलाई ९ करोड ९० लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार कित्ता आइपिओ बाँडफाडँ समेत गरिसकेको छ ।

यो आयोजना रामेछाप र दोलखाको सिमामा पर्छ । कम्पनीले रामेछाप र दोलखामा बग्ने खिम्ती खोलामा १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको उपल्लो खिम्ती आयोजना निमार्ण गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।