फरवार्ड कम्युनिटी माइक्रोको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ घट्यो, खुद नाफामा ६.६६ प्रतिशत वृद्धि

Feb 05, 2019 Merolagani

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स (FOWAD) को प्रतिशेयर आम्दानी चालू आर्थिक वर्षको पुस मसान्तमा ४२ रुपैयाँ ९ पैसाले घटेको छ। लघुवित्तको गत पुस मसान्तमा १४५ रुपैयाँ ४५ पैसा रहेको प्रतिशेयर आम्दानी १०३ रुपैयाँ ३६ पैसामा झरेको छ।

गत पुसको तुलनामा ५० प्रतिशतले चुक्ता पूँजी बढाएको माइक्रोफाइनान्सको खुद नाफा समान्य ६.६६ प्रतिशतले मात्र बढेको छ । पूँजी वृद्धिको अनुपातमा खुद नाफा वृद्धिको अनुपात थोरै हुँदा लघुवित्तको इपिएसमा उच्च गिरावट देखिएको हो ।

माइक्रोफाइनान्सको पुस २९ गते सम्पन्न छैटाैं वार्षिक साधारण सभाले चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ।साे पूँजीकरण गर्न बाँकी नै छ । कम्पनीले पूँजीवृद्धि सँगैसँगै आम्दानीको अनुपात बढाउन नसक्ने हो भने इपिएसमा थप दबाब पर्ने देखिन्छ ।

माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १५ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तिय विवरण सार्वजनिक गरेको छ। गत वर्षको यसै अवधिमा माइक्रोफाइनान्सको खुद नाफा १४ करोड ५४ लाख रहेको थियो ।

पुस मसान्तसम्म माइक्रोफाइनान्सको चुक्ता पूँजी २० करोडबाट ३० करोड पुगेको छ भने जगेडा कोषमा २५.५३ प्रतिशतले सुधार गर्दै ८८ करोड २३ लाख रुपैयाँ सञ्चित भएको छ ।

माइक्रोफाइनान्सले ३ अर्ब ६१ करोड ६७ लाख निक्षेप संकलन र ४ अर्ब ३१ करोड ९ लाख सापटीबाट ८ अर्ब ६७ करोड ६९ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ ।

यस अवधिमा माइक्रोफाइनान्सले ७२ करोड २६ लाख ब्याज आम्दानी र ३४ करोड ४१ लाख ब्याज खर्च गरी ३७ करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । कम्पनीले कमाएकाे खुद ब्याज आम्दानी गत वर्षको यसै अवधिकाे तुलनामा २१.८५ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा माइक्रोफाइनान्सले ३१ करोड ५ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

माइक्रोफाइनान्सले खराब कर्जा अनुपात ०.६७ बाट ०.६६ प्रतिशतमा झारेको छ भने प्रतिशेयर नेटवर्थ ३९३ रुपैयाँ ९६ पैसा रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।