जगेडा कोषको आकार झण्डै डेढ अर्ब पुर्याएको साना किसान लघुवित्तले कति कमायो खुद नाफा ?

Feb 05, 2019 Merolagani

साना किसान लघुवित्त वित्तीय संस्था(SKBBL) को जगेडा कोषको आकार चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ४२ करोड २२ लाख रुपैयाँ पुगेको छ। थोक लघुवित्त कर्जा प्रवाह गर्ने यस लघुवित्तले गत वर्षको पुसको तुलनामा २३.७० प्रतिशत अर्थात २७ करोड २५ लाख रुपैयाँले जगेडा कोष बढाएको हो ।

कम्पनीको पूँजीकोष भन्दा जगेडा कोष झण्डै दोब्बर रहेको छ ।

समीक्षा अवधिमा २५ प्रतिशत बोनस शेयर वितरण गरेर ७८ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ६० रुपैयाँ ८४ पैसामा बढेको छ । गत पुस मसान्तमा कम्पनीको इपिएस ५४ रुपैयाँ ५६ पैसा रहेको थियो ।

चालु आर्थिक वर्षको ६ महिना अवधिमा लघुवित्तले २३ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा ३९.३८ प्रतिशतले वृद्धि भएको हो ।

गत वर्षको दोस्रो त्रैमासमा लघुवित्तले १७ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएका थियो ।

समीक्षा अवधिमा लघुवित्तले १५ अर्ब ६६ करोड दुई लाख रुपैयाँ ऋण सापटी लिएर १७ अर्ब ३७ करोड ६९ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ ।

यसबाट कम्पनीस्को खुद ब्याज आम्दानी ३१ प्रतिशत बढेर ४२ करोड २१ लाख पुगेको छ । खराब कर्जा अनुपातलाई घटाउँदा कम्पनीको सम्भावित जोखिम व्यवस्थाको रकम ह्वात्तै घटेको छ ।

लघुवित्तले कम्पनीहरुलाई थोक कर्जा प्रवाह गर्ने भएकाले कम्पनीमा खराब कर्जा अनुपात अत्यन्त न्यून ०.०४ प्रतिशत मात्र छ ।
लघुवित्त कम्पनीको प्रतिशेयर नेटवर्थ २८० रुपैयाँ ९४ पैसा र मूल्य आम्दानी अनुपात १७.५९ गुुणा बढी छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।