उपत्यका बाहिर शाखा खोल्न ८ ब्रोकरलाई अनुमति, ब्रोकर सञ्चालन नीति संशोधन गरिँदै

Feb 05, 2019 Merolagani

नेपाल धितोपत्र बोर्डले उपत्यका बाहिर शाखा कार्यालय स्थापनाका लागि आवेदन दिएकामध्ये ८ वटा ब्रोकर कम्पनीलाई अनुमति दिएको छ। बोर्डले २०७५ असारभन्दा अगाडि शाखा कार्यालय खोल्न निवेदन दिएका ब्रोकरहरुलाई शाखा विस्तारको अनुमति दिएको हो।

बोर्डले सम्वन्धित धितोपत्र दलाल व्यवसायीको केन्द्रीय कार्यालयमा आवद्ध भई नेप्सेको प्रणालीमार्फत हुने व्यवस्था गर्ने गरी ती दलाल व्यवसायीलाई शाखा कार्यालय स्थापना गर्न आवश्यक पूर्वाधार तयार गर्न सूचित गरेको जनाएको छ ।

बोर्डका अनुसार यसअघि शाखा नपुगेका तथा आर्थिक रुपमा सक्रियताको आधारमा सम्भाव्य जिल्लाहरु महेन्द्रनगर (कञ्चनपुर), बिरेन्द्रनगर (सुर्खेत), घोराही, तुलसीपुर (दाङ), भैरहवा (रुपन्देही) र जनकपुर (धनुषा) मा शाखावाट हुने गरि कार्यालय खोल्ने गरि आवश्यक पूर्वाधार तयार पार्ने निर्देशन दिएको हो।

हाल काठमाण्डौं उपत्यका वाहिर ब्रोकरहरुले १३ जिल्लाको ४१ स्थानवाट शाखा कार्यालय स्थापना गरि सेवा प्रदान गर्दै आएका छन्।

चालु आर्थिक बर्षको आषाढ मसान्त पश्चात हालसाल शाखा कार्यालय खोल्नको लागि निवेदन दिएका ब्रोकर कार्यालयहरुको लागि भने हाल संसोधनको प्रकृयामा रहेको धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा वजार निर्माता) नियमावली, २०६४ तयार नहुन्जेलको लागि रोक्ने भएको छ। उक्त नियममा हुने व्यवस्थाका आधारमा बाँकीलाई अनुमति प्रदान गर्ने बोर्डले जनाएको छ।

ब्रोकर संचालन नीति संशोधन गरिदै, गाभ्ने/गाभिने सम्बन्धमा नीतिगत व्यवस्था गर्ने

बोर्डले मुद्रा तथा पूँजी बजारमा देखिएका प्रवृत्तिहरुको समग्र मूल्यांकन गरी धितोपत्र दलाल व्यवसायलाई थप प्रतिस्पर्धी बनाउन धितोपत्र दलाल व्यवसायी सम्वन्धी विद्यमान इजाजत र संचालन नीतिमा पुनरावलोकन गर्न, वाणिज्य बैंकको सहायक कम्पनी तथा धितोपत्र दलाल व्यवसायीले अर्को धितोपत्र दलाल व्यवसायीलाई एक्वायर गर्ने र गाभ्ने/गाभिने सम्बन्धमा नीतिगत व्यवस्था गर्ने भएको छ ।

थप शाखा विस्तारले धितोपत्रको दोस्रो वजार सवै प्रदेश सदरमुकाममा हुनुका साथै आर्थिक रुपले सक्रिय जिल्ला/स्थानहरुमा वजार विकास हुँदै जाने भई कुल कारोवार संख्यामा समेत वृद्धि हुने वोर्डको अपेक्षा छ ।

०७५ अषाढ मसान्त अगावै धितोपत्र बोर्डमा इम्पेरियल सेक्युरिटजले कर्णाली प्रदेशका लागि, कालिका सेक्युरिटिजले दाङको तुलसीपुरमा, सुमेरु सेक्युरिटिजले जनकपुरमा, भिजन सेक्युरिटिजले दाङको घोराही र भैरहवामा, आर्यतारा सेक्युरिटिजले भैरहवा र दाङमा, डाइनामिक मनी म्यानेजर सेक्युरिटिजले पोखरामा, प्रिमियर सेक्युरिटिजले भरतपुरको चितवनमा, नासा सेक्युरिटिजले एकैपटक जनकपुर, दमक र पोखरामा, श्रीहरि सेक्युरिटिजले विराटनगर, दमक, वीरगञ्ज र वुटवलमा शाखा खोल्न निवेदन दिएका थिए।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।