यस्तो छ नागरिक लगानी कोषको ६ महिनाको अवस्था, नाफा सामान्य बढ्यो

Feb 05, 2019 Merolagani

नागरिक लगानीकोषले सार्वजनिक गरेको चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमा प्रगति देखिएको छ । वित्तीय विवरणमा कम्पनीको कोषको पूँजी आकार, लगानी, नाफा तथा प्रतिसेयर आम्दानी लगायतका सूचक बढेका छन् ।

कोषले चालु आथिर्तक बर्षको ६ महिनाको अवधिमा १९ करोड २ लाख रुपैयाँ खुद नाफा गरेको छ । कोषको नाफा अघिल्लो बर्षको यसै अवधिको एक करोड बढी हो। अघिल्लो बर्ष कम्पनीले १८ करोड १९ लाख नाफा गरेको थियो ।

कोषले विभिन्न क्षेत्रमा गरेको लगानीबाट ३५ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ । कोषले सेवा शुल्क कमिशन मार्फत ३२ करोड ३३ लाख आम्दानी गरेको छ । बैंक तथा वित्तीय संस्थामा रहेको बचतबाट कोषले २ करोड ५० लाख तथा लाभांस आम्दानी ७५ लाख गरेको छ । कोष संचालन खर्च ७ करोड ५४ लाख रुपैयाँ पुगेको छ।

कोषको सेयर पूँजी एक अर्ब १० करोड रुपैयाँ छ भने कोषको खुद मौज्दातमा एक खर्ब १७ अर्ब १२ करोड रुपैयाँ छ । यसअवधिमा कोषले एक खर्ब १३ अर्ब ८३ करोड लगानी गरेको छ । कोषले बैंक मौज्दातमा एक अर्ब ३५ करोड ७५ लाख रुपैयाँ राखेको छ । कोषको चालु सम्पत्ति चार अर्ब १४ करोड छ ।

नागरिक लगानी कोषको प्रतिसेयर आम्दानी ३५ रुपैया, प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ छ । कोषको प्रतिसेयर आम्दानी बढेको छ तर अघिल्लो वर्षको तुलनामा नेटवर्थ घटेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दनी २५ रुपैयाँ र नेटवर्थ २२७ रुपैयाँ थियो । कम्पनीको कोषको लागतमा कमी आएको छ भने लगानीको प्रतिफल बढेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।