बुढीगण्डकी आयोजना प्रभावितलाई एक अर्ब मुआब्जा वितरण,१८ अर्ब निकासा

Feb 05, 2019 RSS

बूढीगण्डकी जलविद्युत् आयोजनाले गोरखातर्फका डुबान क्षेत्रका प्रभावितलाई थप एक अर्ब आठ करोड रुपैयाँ मुआब्जा वितरण गरेको छ ।

राष्ट्रिय गौरव आयोजनाका रुपमा निर्माण गर्न लागिएको आयोजनाले डुबान क्षेत्रमा पर्ने साविकका धावा गाविसका प्रभावितलाई उक्त रकम वितरण गरेको हो।

“धावादेखि बालुवाटारसम्मका डुबान प्रभावितको बैंक खातामा रकम पठाइएका छौँ”, आयोजनाका पुनर्वास तथा पुनःस्थापन एकाइका प्रमुख कृष्ण कार्कीले भने, “कागजात पुगेका सबैको खातामा रकम पठाएका हौँ।”


आयोजनाले चालू आर्थिक वर्षभित्र मुआब्जा निर्धारण भइसकेका सबै डुबान प्रभावितलाई मुआब्जा वितरण गर्ने गरी काम अघि बढाइएको उनले बताए। आयोजनाले मुआब्जा वितरण गर्न छुट भएका अश्राङ, बोर्लाङ, बुङकोट र नाम्जुङका प्रभावितको बैङ्क खातामा समेत रकम पठाइसकेको उनले जानकारी दिए। आयोजनाले यो पटक ५२५ डुबान प्रभावितको बैंक खातामा मुआब्जा रकम पठाएको आयोजना प्रमुख कार्कीले बताए।

एकाइका प्रमुख कार्कीले डुबान क्षेत्रका प्रभावितलाई मुआब्जा वितरण गर्न आयोजनालाई १८ अर्ब रकम प्राप्त भएको र त्यो रकमले मुआब्जा निर्धारण गरिएको क्षेत्रका प्रभावितलाई मुआब्जा वितरण गर्न पुग्ने अनुमान रहेको बताए। त्यस्तै डुबान प्रभावित क्षेत्रमा घरगोठ, फलफूल र बोट बिरुवाको तथ्याङ्क सङ्कलनको कामसमेत अघि बढाइएको उनको भनाइ छ।

एकाइका प्रमुख कार्कीले डुबान क्षेत्रमा फलफूल बोटबिरुवा घरगोठको लगत सङ्कलनमा खटिने कर्मचारीलाई अभिमुखीकरण तालीम प्रदान गरिसकिएको बताए।

“मुआब्जा निर्धारण भएका सबै क्षेत्रमा जमीनको मुआब्जा वितरणको काम सकिनै लागेको छ, आयोजना प्रमुख कार्कीले भने, “अब हामीले यसै वर्षदेखि नै घरगोठ, फलफूल र बोटबिरुवाको पनि मुआब्जा वितरण गर्न लगत सङ्कलनको काम शुरु गर्न लागेका छौं।”

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।