बैंकले यसअघि जारी गरेको चुक्ता पूँजीको २५० प्रतिशत हकप्रदमध्ये आंशिक शेयर सूचीकरण गरेको हो । बैंकले कूल १८ लाख २४ हजार ८७० कित्ता हकप्रद जारी गरेकाे थियाे ।
देव विकास बैंकसँग विलिन हुने सम्झौता गरेको सहाराले माघ २३ गते बुधबार ७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पुस २८ गते बसेको सञ्चालक समितिको १३० औं बैठकले सलार्हिको मलंगवा ८ स्थित होटेल कुसुम एण्ड पार्टि प्यालेसमा साधारण सभा आह्वान गरेको हो ।
साधारण सभामा बैंकले आर्थिक वर्ष २०७३/७४ काे नाफाबाट चुक्ता पूँजी ७ करोड २९ लाख ९४ हजार ८०० रुपैयाँको २३ प्रतिशत अर्थात एक करोड ६७ लाख ८८ हजार ८०४ रुपैयाँ बोनस शेयर तथा कर प्रयोजनका लागि १.२१ प्रतिशत (चार लाख ७२ हजार ५४५ रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।
तयसैगरि बैंकले मर्जर तथा प्राप्ती सम्बन्धमा छलफल गरि पारित गर्ने तथा देव विकास बैंकसँग प्राप्ती सम्बन्धमा छलफल गरि आवश्यक निणर्य गर्ने विशेष प्रस्ताव गरेको छ । मर्जर तथा प्राप्ती सम्बन्धमा आवश्यक सम्झौता गर्न सञ्चालक समितिलाइ अख्तियारी प्रदान गर्ने लगायतका एजेण्डा सभामा रहेको छ ।
हाल बैंककाे चुक्त्ता पूँजी ७ कराेड २९ लाख ९४ हजार ८०० रूपैयाँ रहेकाे छ । २३ प्रतिशत बाेनस र २५० प्रतिशत हकप्रदछि बैंककाे चुक्त्ता पूँजी २७ कराेड २२ लाख ७० हजार ६०० रूपैयाँ पुग्नेछ ।