बैंकको उच्च व्याजदरका कारण बीमा कम्पनीले लगानीलाई प्राथमिकतामा राख्दैनन् : मनोजलाल कर्ण, सिइओ, युनियन लाइफ इन्स्योरेन्स

Feb 05, 2019 Merolagani

अहिले नेपालको जीवन बीमा क्षेत्रमा १९ बीमा कम्पनीहरु सञ्चालनमा छन्। गत आर्थिक वर्षदेखि ९ वटा नयाँ जीवन बीमा कम्पनी थपिएका छन्। नयाँ कम्पनीको व्यवसायिक कारोबारसँगै बीमा बजार विस्तारको क्रममा छ। यस्तै पुराना कम्पनीहरुलाई पनि आफ्नो व्यवसायलाई स्थिपित गराउन नैतिक दबाब परेको छ। 

विगतमा न्यून रहेको बीमा कभरेज अहिले विस्तार भएर १४ प्रतिशतमा पुगेको छ। यद्यिपी यो तथ्याङ्क अझै चित्त बुझ्दो नरहेको सरोकारवालाहरुको भनाई छ। नेपाली बीमा बजारको बर्तमान अवस्था, अवसर र चुनौती लगायतका विषयमा युनियन लाइफ इन्सयोरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्णसँग मरोलगानीका अरुण पाख्रेनले गरेको कुराकानी । 


जीवन बीमा व्यवसाय अपेक्षित रुपमा विस्तार हुन सकेको छैन । नेपालको बीमा बजारको अवस्थालाई कसरी हेर्नु भएको छ ?

अहिले सम्म जति हुनुपर्ने त्यति भएको छैन् । तर विगत एक वर्ष देखि हेर्दा राम्रो प्रगति भैरहेको छ ।

अहिले बीमा कभरेज १४ प्रतिशतमा विस्तार भएको छ । यो एकदमै न्यून हो । विगतमा बीमा क्षेत्रको कभरेज कम थियो । बीमा समितिको तथ्याङ्कमा पनि पूर्ण बीमा ३ प्रतिशत मात्रै होला। किनभने बीमा त सबैले गर्छ, आफूले गरेको बीमाले भोलि आफुलाई नै करणबस केहि भैहाल्यो भने बीमाबाट आएको पैसाले राम्रोसँग घरपरिवार चल्नुपर्छ । यदि चलेको छ भने पूर्ण बीमा भएको छ । यदि छैन भने पुर्ण रुपमा बीमा भएको छैन ।

समग्रमा हेर्दा १४ प्रतिशतमा अधिकतम अण्डरइन्स्योरेन्स छ। मुस्किलले ३ प्रतिशत पुरा पैसाको बीमा भएको होला । तर बजारमा पोलिसी होल्डरको संख्या बढी देखिन्छ। दक्ष जनशक्तिको कमी, मार्केटमा अभिकर्ता जुन हिसावले जानुपर्ने हो, त्यो हिसाबले जान सकेनन्। उनीहरुलाई त्यस किसिमको तालिम कम्पनीहरुले दिन सकिरहेका छैनन्। अभिकर्ताहरु आक्रामक रुपमा बजारमा जान नसक्दा सोचे अनुरुप बजार विस्तार हुन नसकेको हो।

नयाँ जीवन बीमा कम्पनीहरु थपिएपछि बीमा व्यवसायमा प्रतिस्पर्धा बढेको छ। तर आम व्यक्तिमा बीमाको बारेमा जानकारी पुग्न सकेको छैन् नि ?

बीमा क्षेत्रमा अवसरै अवसर छ। पूरै ८६ प्रतिशत बीमा बजार अझै खाली छ। त्यस अनुसार जीबन बीमा बजारमा प्रतिपर्धा छैन। दक्ष जनशक्तिको भने अभाव छ। जुन हिसाबको म्यानपावर चहिने हो, त्यस अनुसार छैन।

मार्केटिङ्गमा तालिम दिने जनशक्तिको अझै समस्य छ । युनियन लाइफको हकमा हेर्ने हो भने त्यस्तो समस्या छैन् । अभिकर्ताहरु राम्रोसँग ट्रेन्ड गरेका छौं । उनीहरुले मार्केट राम्रैसँग कभर गरिरहेका छन् । जसले गर्दा चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा १ अर्ब ६ करोड बीमा शूल्क जम्मा गर्न सफल भएका छौं ।

गाउँ गाउँ सम्म पुग्नलाई नगरपालिकामा शाखा तथा उपशाखा विस्तार गर्ने तयारी गरेका छौं । ती ठाउँका शाखा इन्चार्ज, म्यानेजरहरुले त्यहाँ अभिकर्ता उत्पादन गर्ने हो । उनीहरुलाई तालिम दिएर शहर वरीपरिका गाउँ गाउँमा गएर बीमा गराउने काम तिब्र गतिमा चलिरहेको छ ।

प्रतिस्पर्धात्मक बजामा स्थापित हुन कस्तो योजना बनाउनु भएको छ ?

युनियन लाइफले अभिकर्ताहरुलाई विभिन्न किसिमका तालिमहरु दिइरहेका छौं । बजारमा कसरी जाने, बजारमा जाँदा बीमा कसरी संकलन गर्ने, बीमा नगर्नेहरुलाई कसरी बीमाको बारेमा बुझाउने भन्नेबारे तालिम दिने क्रम चलिरहेको छ ।

बजारमा अभिकर्ता अभिकर्ता बीच प्रतिपर्धा छ । तर हाम्रो युनियन लाइफको अभिकर्ताहरुमा कुनै प्रतिस्पर्धा छैन् । उनीहरुले राम्रोसंग बीमा गरिरहेका छन् । समग्र बीमा व्यवसायमा यस्तो हुनुपर्छ । जसले गर्दा बीमा क्षेत्रको विस्तारमा सहयोग पुग्छ ।

हरेक नेपालीको मनमा युनियन लाइफको छाप बसोस् भन्ने हाम्रो चहाना हो । सबैले बीमा गर्न सकुन् भनेर हामीले अभिकर्तालाई प्रष्ट रुपमा जानकार नभई बजारमा नजान निर्देशन दिएका छौं । प्रत्येक अभिकर्तालाई राम्रोसँग पर्याप्त मात्रमा बीमा सम्बन्धि जानकारी लिएर सर्वसाधारणलाई बुझाउन सक्ने भएर जान भनिएको छ । बीमाको फाइदा, उदेश्य, महत्व बुझाउन सक्नुपर्छ ।

कर्मचारी र अभिकर्ताको क्षमता अभिवृद्धिमा केन्द्रित छौं । साताको २ पटक रिफ्रेसमेन्ट तालिमको व्यवस्था छ । म आफै पनि विभिन्न स्थानमा गएर दुई महिनामा तालिम दिने गरेको छु। सात आठ सय जना अभिकर्तालाई आफै तालिम दिने गरेको छु । यस्तै मार्केटिङ्गका साथीहरु पनि लागिरहनु भएको छ । युनियन लाइफको बीमा व्यवसाय वृद्धि हुनुमा यो पनि एउटा कारण हो ।

अझै पनि नेपाली बीमा बजार शहर केन्द्रीत छ ? युनियन लाइफले बीमा बजारको आकार विस्तार गर्न के कस्तो तयारी गरेको छ ? 

बीमा व्यवसाय शहर केन्द्रीत हुनु स्वभाविक हो। किनभने शहरमा सुविधा छ, शिक्षित र व्यापार गर्नेहरु पनि यहि शहर केन्द्रित बसोबास गरिरहेका छन् । त्यसैले अभिकर्ताहरुले पहिलो प्रथमिकता शहरलाई नै बनाएका हुन् ।

तर अब शहरमा मात्रै भन्न मिल्दैन । अहिले गाउँ गाउँमा पनि अभिकर्ताहरु गएर बीमा गराई रहेका छन्। ११६ शाखा कार्यलयहरुमा १९ शाखा मात्रै काठमाडौं उपत्यकामा छन्। अभिकर्ताको सहजताको लागि काठमाडौंमा धेरै शाखाहरु छन् । तर समग्रमा हाम्रा शाखाहरु शहरसँगै दुर्गम केन्द्रित छन्। यसले हामीलाई दुर्गम क्षेत्रमा बिना प्रतिष्पर्धा बीमा व्यवसाय गराउन सहज होला भन्नेमा हामी विश्वस्त छौं ।

युनियन लाइफ इन्स्योरेन्स उत्कृष्ट योजना के हो ?

अहिले युनियन लाइफका १० वटा प्रोडक्टहरु छन् । यो मध्ये सबै भन्दा राम्रो मनी व्याक होल लाइफ योजना सबै भन्दा बेष्ट प्रोडक्ट हो । यसमा कसैले १० वर्षको बीमा गरेको छ भने बीच बीचमा पैसा फिर्ता पाउँछ ।

१० वर्षमा बोनस सहित बाँकी रकम फिर्ता पाउँछ । यसले होल लाइफ रिस्क पनि कभर गर्छ । फेरि ९९ वर्ष पूरा भयो भने बीमाङ्क रकम पनि पाउँछ । त्यो भन्दा अघि बीमितलाई केही भैहाल्यो भने बीमितले दाबी रकम पाँउछ । १६ वर्ष उमेर देखि यस योजनामा सहभागी हुन सकिन्छ ।

तथ्याङ्कमा युनियन लाइफको अवस्था के छ ?

दोस्रो त्रैमास सम्ममा १ अर्ब ६ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको छ । यसको पूर्ण प्रतिवेदन अझै तयार भैसकेको छैन। म दाबीका साथ भन्छु, कम्पनीले यो अवधिमा पनि राम्रै प्रगति गर्छ ।

पहिलो त्रैमासमा कम्पनीले ३९ करोड १४ लाख रुपैयाँ बीमा शूल्क संकलन गरी ३ करोड ६७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । त्यस अवधि सम्ममा ९१ हजार ५८८ बीमालेख जारी भएको थियो ।

राम्रा व्यवसायिक घरानाहरु संस्थापक रहेका कारणले छाटो समयमा नै सेवाग्राहीका बीचमा विश्वास जित्दै गइरहेको छ । २९ संस्थापकहरु मध्ये ६ को मेजर होल्डिङ्ग छ। गोल्छा, जगदाम्बा, गाडिया, टिवडेवाला, न्यौपाने, राजेश हार्डवयर, लगायतका संस्थापकहरुका कारण कम्पनीको विश्वसनियता बढ्दो क्रममा छ ।

फेरि २० वर्षभन्दा बढी समय बीमा बजारमा काम गरेको व्यवस्थापन टिम छ। त्यसले गर्दा हाम्रो व्यवसाय अझै फराकिलो हुँदै जानेमा हामी विश्वस्त छौं ।

जीवन बीमा कोषमा ठूलो रकम थुप्रिएको छ । बीमा समितिले पनि लगानीको लागि विभिन्न क्षेत्र तोकेको छ । तर बीमा कम्पनीहरु बैंकमा निक्षेप राख्न बढी लालायित देखिन्छन्, किन ?

अहिले बैंकमा व्याजदर उच्च छ । त्यहि भएर बीमा कम्पनीहरुले बैंकमा निक्षेप राख्छन् र आफ्नो पैसा सुरक्षित ठान्छन् । भोलिको दिनमा अन्य ठाउँमा पनि लगानी गर्लान । अरु क्षेत्रमा लगानी गरेर पाउने प्रतिफल भन्दा बैंकको निक्षेपको प्रतिफल धेरै भएकाले यस्तो अवस्था आएको हो । तर सँधै त यस्तो हुन्न नि ।

बीमा समितिले लगानीको लागि तोकेको क्षेत्र राम्रो हो । नियमक निकायको अनुगमन र निरिक्षणले कम्पनीहरु सुचारु रुपमा चलिरहेको छ। नियमक निकाय बलियो हुदाँ बीमा कमपनीहरु भष्टचारमुक्त छन् ।

युनियन लाइफको पूँजी वृद्धि योजना के छ ? शेयर निष्काशन प्रकृया कहाँ पुग्यो ?

बीमा समितिले तोकेको न्युनतम चुक्ता पूँजी २ अर्ब पुर्याउन युनियन लाइफले सर्वसाधारणको लागि आइपिओ निष्काशनको तयारी थालेको छ ।

अहिले एक्चुअरीलाई व्यालेन्स सिट पठाई सकेका छौं। त्यसपछि साधारण सभा गरेर शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्छाैं। साधारण सभाबाट पारित भएपछि हामी धितोपत्र बोर्ड जान्छौं। बोर्डले अनुमति दिने बित्तिकै आइपिओ निष्काशन हुन्छ। हामीले आइपिओको रेटिङ्ग गराउने र बिक्री प्रबन्धक नियुक्त गर्ने काम सकाइसकेका छौं ।

बीमा कम्पनीहरुको संख्या धेरै भन्दा क्षमता ठूलो भएका केही कम्पनी मात्र बजारमा सेवाग्राहीका साथै व्यवसाय बिस्तारमा सजिलो हुन्थ्यो होला हैन ?

हो, अहिले बीमा कम्पनीहरु धेरै छ तर यो विस्तारै कम पनि होला । अहिले बजार पनि छ । बीमा समितिले पनि केही सोचेरै लाइसेन्स दिएको होला । त्यसैले अहिले नै धेरै भयो भन्न मिल्दैन ।

सबैले बीमा व्यवसाय गरेकै छ। जुन दिन बीमा व्यवसाय कम हुन्छ, त्यहि बेला मर्ज होला । अहिले बिजनेश व्यापार चलिरहेकै छ । बजार पनि छ ।

बीमा किन गर्नुपर्छ भनेर आम नागरिकलाई आह्वान गर्नु पर्दा ?

बीमा अहिले हरेक मान्छेलाई अपरिहार्य छ। बीमा बिनाको जीवन अधुरो छ । अधारभुत आवश्यकता गाँस, बास, कपास पछि चौथौंमा बीमा आइसकेको छ । यदि बीमा गर्नु भएको छैन भने घर नै अधुरो हुन्छ ।

हाम्रो जस्तो पारिवारिक संरचनामा कुनै कारणवश घरमुलीलाई केहि भयो भने घरपरिवारको अवस्था कस्तो होला ? त्यसैले बीमालाई सुरक्षाको साथ साथै बचतको रुपमा पनि लिनु पर्छ । थोरै थोरै पैसा जम्मा गर्दै बीमा गर्दा बचत पनि हुन्छ । त्यसले बुढेशकालमा छोरा छोरीको उच्च शिक्षामा सहयोग पुग्छ । जीवन सहज हुन्छ । जसले गर्दा एक व्यक्तिको जीवन नै बीमाको कारणले सुरक्षित र सहज हुन्छ भने बीमा किन नगर्ने ?

साथै अभिकर्ताहरुले पनि यस्ता विषयमा आम नागरिकलाई अभिप्रेरित गर्न सक्नु पर्छ । जसरी पनि बीमा गराउनेभन्दा पनि बीमा गर्न स्वेच्छाले आउने वाताबरण बनाउन अभिकर्ताले भुमिका नखेलिदिने हो भने बीमा बजारप्रतिको विश्वसनीयता घट्नेमा दुई मत छैन ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।