कृषि विकास बैंकको खुद नाफा साढे ३२% बढ्याे, 'फ्रि प्रोफिट' एक अर्ब ९ करोड

Feb 06, 2019 Merolagani

- तीर्थराज पौड्याल।
सरकारको अग्राधिकार शेयर रहेको कृषि विकास बैंक (ADBL) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ३६ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा एक अर्ब २ करोड ९१ लाख खुद नाफा कमाएको बैंकले ३२.५६ प्रतिशतले नाफा बढाएको हो।

खुद नाफाभन्दा फ्रि प्रोफिट २७ करोड कम

नेपाल फाइनान्सियल रिपोर्टिङ्ग स्ट्याण्डर्ड (एनएफआरएस) प्रतिवेदन अनुसार बैंकले यस अवधिमा एक अर्ब ९ करोड ३७ लाख रुपैयाँ वितरणयोग्य नाफा (फ्रि प्रोफिट) गरेको छ । गत वर्षको यसै अवधिमा बैंकको फ्रि प्रोफिट एक अर्ब २ करोड ९१ लाख रुपैयाँ रहेको थियो ।

एक अर्ब ३६ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टमा २७ करोड ०५ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको चालु आवको पुस समान्तसम्मको खुद नाफा भन्दा लाभांश क्षमता घटेको हो ।

राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।

पूँजी स्थिर, प्रतिशेयर आम्दानीमा करिब ८ रुपैयाँ सुधार

सरकारको अग्राधिकार शेयर सहित बैंकको चुक्ता पूँजी १३ अर्ब ९३ करोड ७९ लाख रहेको छ । बैंकमा ८ अर्ब ५० करोड ५२ लाख १६ हजार साधारण र पाँच अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ सरकारको अग्राधिकार शेयर रहेको छ ।

बैंकको खुद नाफाबाट सरकारले वार्षिक ६ प्रतिशत नगद लाभांश लैजाने गरेको छ । सरकारले अग्राधिकार शेयर वापत लाभांश लगेपछि बाँकी रकमबाट मात्र अन्य साधारण शेयरधनीलाई लाभांश वितरण हुन्छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १५ प्रतिशत नगद र ६ प्रतिशत बोनसमध्ये बोनस चुक्ता पूँजीमा पूँजीकरण नगरेका कारण बैंकको प्रतिशेयर आम्दानीमा ७ रुपैयाँ ८८ पैसाले सुधार आएको छ । गत आवको पुस मसान्तमा कृषि विकास बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ३७ पैसा रहेकोमा चालू आवको यसै अवधिमा २८ रुपैयाँ २५ पैसा कायम भएको छ ।

बैंकको प्रतिशेयर नेटवर्थ २६७ रुपैयाँ २१ पैसा र मूल्य आम्दानी अनुपात १२.३८ गुणा कायम भएको छ ।

५ अर्ब ३० करोडले बढ्यो जगेडा कोष

एनएफआरएस अनुसार दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको जगेडा कोषमा १४ अर्ब २२ करोड १८ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकले एक बर्षमा ५ अर्ब ३० करोड ११ लाख रुपैयाँले जगेडा बढाएको हो ।

गत आवको पुस मसान्तसम्ममा बैंकको जगेडा कोषको आकार ८ अर्ब ९२ करोड ६ लाख रुपैयाँ रहेको थियो ।

व्यवसाय विस्तार खर्ब माथि, निक्षेप भन्दा कर्जा विस्तारको वृद्धिदर बढी

समीक्षा अवधिमा बैंकले निक्षेप संकलनको अनुपातमा कर्जा विस्तार अधिक गरेको छ । गत आवको पुस मसान्तको तुलनामा निक्षेप संकलन रकम १२.१८ प्रतिशतले बढाएको बैंकको कर्जा विस्तार १६.५० प्रतिशतले बढेको छ ।

यस अवधिमा बैंकले एक खर्ब १० अर्ब १३ करोड २७ लाख रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ७ अर्ब ३१ करोड २५ लाख रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ ।

गत आवको पुसमा बैंकको निक्षेप संकलन ९८ अर्ब १७ करोड ३४ लाख रुपैयाँ र कर्जा लगानी ९२ अर्ब ११ करोड २३ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ११ अर्ब ९५ करोड र कर्जा लगानी १५ अर्ब २० करोडले बढेको हो ।

नोट:रकमलाई हजारमा देखाइएको छ ।

खुद ब्याज आम्दानी तीन अर्ब ५७ करोड

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी रकम ३४.६७ प्रतिशतले बढोत्तरी भएको छ । बैंकको खुद ब्याज आम्दानी रकम ९१ करोड ९३ लाखले सुधार आएको हो ।

यस अवधिमा बैंकले ७ अर्ब २७ करोड ४९ लाख ब्याज आम्दानी गरेर ३ अर्ब ७० करोड ३७ लाख ब्याज खर्च गरेको छ । जसबाट बैंकले तीन अर्ब ५७ करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत पुस मसान्तमा बैंकको खुद ब्याज आम्दानी रकम २ अर्ब ६५ करोड १८ लाख रहेको थियो ।

खराब कर्जा अनुपात बढ्यो
समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात भने बढेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३.९५ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात ४.५० प्रतिशतमा बढेको छ ।

आधार ब्याजदर घट्यो, कोषको लागत स्थिर

गत पुसको तुलनामा बैंकको कोषको लागत स्थिर रहेको छ भने आधार ब्याजदर घटेको छ ।  चालू आवको दोस्राने त्रैमासमा बैंकको आधार ब्याजदर ११.१५ प्रतिशत र कोषको लागत ७.२३ प्रतिशत रहेको छ । गत पुसमा बैंकको आधार ब्याजदर ११.५३ प्रतिशत र कोषको लागत ७.२२ प्रतिशत रहेको थियो ।

यसरी प्रयोग गर्नुहोस् डेटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।