नोक्सानीमा रहेको कर्णाली डेभलपमेन्ट बैंकले समात्यो सुधारको बाटो

Feb 06, 2019 Merolagani

कर्णाली डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४९ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गतवर्षको यसै अवधिमा बैंक एक करोड २२ लाख रुपैयाँले नोक्सानीमा थियो । बैंकले खर्च, आम्दानीलाई व्यवस्थित गर्दै नोक्सानबाट नाफाको बाटोमा लागेको हो ।

चुक्ता पूँजी ५० करोड २८ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४ करोड ९८ लाख रुपैयाँ सञ्चित छ ।

पुस मसान्तसम्ममा दुई अर्ब ८६ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले एक अर्ब ८३ करोड २३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

समीक्षा अवधिमा बैंकले तीन करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गतवर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी एक करोड ७३ लाख रुपैयाँ अर्थात ८२.४ प्रतिशतले धेरै हो । बैंकले व्यवसायलाई बिस्तार गरेका कारण नै खुद व्याज आम्दानीमा बढोत्तरी आउँदा कमाईको बाटो समातेको हो ।

निष्कृय कर्जा अनुपात २.९७ प्रतिशत रहेको बैंकको प्रतिशेयर आम्दानी ९८ पैसा कायम भएको छ । प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ९२ पैसा रहेको बैंकको मूल्य आम्दानी अनुपात १०८.२७ गुणा बढी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।