कम्पनीको अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने बताएका थिए ।
कार्यक्रममा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले चालु आर्थिक वर्षको माघ २२ गतेसम्ममा कम्पनीले झण्डै ७० करोड रुपैंया बीमा शुल्क आर्जन गरेको जानकारी दिए । उनका अनुसार उक्त अवधिमा इन्स्योरेन्सले १ अर्ब ७ करोड कुल लगानी गरेको छ ।
महेन्द्रनगर शाखा सहित आई एमई जनरल इन्स्योरेन्सले ४४ वटा शाखा तथा ११ वटा सेवा काउण्टरबाट बीमा सेवा दिँदै आएको छ ।