यसअनुसार माघ २३ गते बुधबारसम्म कायम रहेका शेयरधनीले मात्र माइक्रोफाइनान्सको हकप्रदमा आवेदन गर्न पाउनेछन् ।
नेप्सेले माइक्रोफाईनान्सको शतप्रतिशत हकप्रदपछि प्रतिकित्ता ५९६ रुपैयाँ समायोजित शेयरमूल्य निर्धारण गरेको हो । यहि मूल्यलाई आधार मानेर बिहीबार कम्पनीको शेयर कारोबार खुलेको छ । नेप्सेमा १८० दिन कारोबार भएको मूल्यको आधारमा माइक्रोफाइनान्सको औसत आधार मूल्य ८१४ रुपैयाँ कायम भएको छ ।
हाल माईक्रोफाइनान्सको चुक्ता पूँजी ३२ करोड ८९ लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि माईक्रोफाईनान्सको चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा माइक्रोफाईनान्सले ६ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । माईक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ६२ पैसा कायम गरेको छ ।