मेगाको निक्षेप संकलन कर्जा लगानीको बढोत्तरीले प्रतिशेयर आम्दानीमा सुधार

Feb 07, 2019 Merolagani

मेगा बैंक (MEGA) को चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा निक्षेप संकलन र कर्जा लगानीमा आकर्षक बढोत्तरी भएकाे छ। बैंकको चुक्ता पूँजी गत आवको पुसको तुलनामा ४०.८३ प्रतिशत बढ्दा पनि प्रतिशेयर आम्दानीमा सुधार देखिएको हाे। खराब कर्जा र नेटवर्थ बाहेक यस अवधिमा बैंकका अधिकांश सूचकहरु सकारात्मक छन् ।

टुरिजम् डेभलपमेन्ट बैंकलाई गाभेको मेगाको मर्जरको सकारात्मक असरले प्रतिशेयर आम्दानी पूँजी वृद्धिको बाबजुत ३ रुपैयाँ ४२ पैसाले बढेको छ ।

गत पुसमा १० रुपैयाँ ६७ पैसा रहेको मेगा बैंकको इपिएस १४ रुपैयाँ ९ पैसा पुगेको हो । पूँजी वृद्धिभन्दा कर्जा लगानी विस्तार बढी हुँदा ब्याज आम्दानीमा आएकाे उच्च सुधारले बैंककाे इपिएस बढेकाे हाे ।

यस अवधिमा ७ अर्ब ३७ करोड ६७ लाखको चुक्ता पूँजी बढेर १० अर्ब ३८ करोड ८६ लाख पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ २६ पैसा छ भने मूल्य आम्दानी अनुपात १२.२४ गुणा बढी छ ।

निक्षेप संकलन र कर्जा लगानी ५५ प्रतिशत माथि बढ्यो
समीक्षा अवधिमा ५५.४८ प्रतिशतले निक्षेप संकलन बढाएको बैंकले र कर्जा परिचालन पनि गत आवको पुस मसान्तको तुलनामा ६१.५२ प्रतिशतले बढाएको छ ।

टुरिजम् बैंकलाई गाभेको यस बैंकको निक्षेप संकलन गत पुसमा ४५ अर्ब ५७ करोड ३७ लाखबाट ७० अर्ब ८५ करोड ९४ लाख रुपैयाँमा बढेको छ । यस्तै कर्जा लगानीतर्फ ४० अर्ब ७६ करोड ७५ लाख रुपैयाँबाट ६५ अर्ब ८४ करोड ९३ लाख रुपैयाँ लगानी गरेको छ । जसले बैंकको खुद नाफामा करिब ८६ प्रतिशतले बढ्नका साथै फ्रि प्रोफिटमा पनि करिब ३९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मेगा बैंकले एक अर्ब ७८ करोड १ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ११०.३३ प्रतिशतले धेरै हो । गत आवको प्रथम त्रैमासमा बैंकले ८४ करोड ६३ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

७३ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन

मेगा बैंकले बिहीबार सार्वजनिक गरेको नेपाल फाइनान्सिङ्ग रिर्पोटिङ्ग स्ट्याण्डर्ड (एनएफआरएस) अनुसार चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ७३ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत आवको यसै त्रैमासमा बैंकले ३९ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद नाफा ३३ करोड ८३ लाख रुपैयाँ अर्थात ८५.९६ प्रतिशतले बढेको हो ।

वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा (फ्रि प्रोफिट) ५४ करोड ७० लाख रुपैयाँ रहेको छ । गत वर्ष यसै अवधिको तुलनामा बैंकको फ्रि प्रोफिट १५ करोड ३३ लाख रुपैयाँ अर्थात ३८.९६ प्रतिशतले बढेको हो। गत वर्षको पुस मसान्तसम्म बैंकको फ्रि प्रोफिट ३९ करोड ३६ लाख रुपैयाँ थियो ।

 

नोट:रकमलाई हजारमा देखाइएको छ ।

जगेडा कोष ३८.९४ प्रतिशतले बढ्यो

मेगा बैंकको जगेडा कोष समेत गत आवको पुस मसान्तको तुलनामा ३८.९४ प्रतिशतले सुधार हुँदा २ अर्ब ३१ करोड २७ लाख कायम भएको छ । गत पुसमा बैंकको जगेडाको आकार १ अर्ब ६६ करोड ४५ लाख रहेको थियो ।

अन्य वाणिज्य बैंककाे तुलनामा बैंककाे जगेडा काेषकाे आकार भने कमजाेर देखिन्छ । कतिपय बैंकले चुक्त्ता पूँजीकै हाराहारीमा जगेडा काेष कायम गरेकाे सन्दर्भमा बैंकलाइ थप जगेडा वृद्दि गर्नुपर्ने खाँचाे देखिन्छ ।

खराब कर्जा अनुपातमा वृद्धि

यस त्रैमासमा बैंकको खराब कर्जा अनुपात भने बढेको छ। गत वर्षको दोस्रो त्रैमासिक अवधिमा बैंकमा निष्कृय कर्जा अनुपात ०.९८ प्रतिशत रहेकोमा यस बर्ष बढेर १.२१ प्रतिशतमा पुगेको छ। बैंककाे आधार ब्याजदर १०.९६ प्रतिशतबाट १०.८३ मा घट्दा काेषकाे लागत भने ७.५६ बाट ७.७१ प्रतिशतमा बढेकाे छ ।

मेगा बैंकका देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटिएम सञ्जाल, ११९ वटा शाखा रहित बैंकिङ्ग केन्द्रहरु र २ हजार ३०० भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।

यसरी प्रयोग गर्नुहोस् डेटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।