निर्माण उपकरण बनाउने भारतीय कम्पनी भेनसले नेपालमा पेरिनालाई बनायो पार्टनर

Feb 07, 2019 Merolagani

नेपालमा ठूला तथा साना निर्माण कार्यहरुमा संलग्न भएका ब्यवसायीहरुले करोडौ रुपैयाँ खर्च गरी निर्माण उपकरण खरिद गरेर काम गर्दा गर्दै त्यस्ता उपकरणको मर्मत गर्ने जनशक्ति र पार्टपुर्जा नपाएर हैरान हुने गरेका छन् तर अब परिना इृन्टरनेशनलले त्यस्ता उपकरणहरु बिक्री गरेपछि पनि मर्मत र अन्य सेवाहरु सहज रुपमा दिने गरी भारतीय कम्पनी भेनस ईक्यिपमेन्टको आधिकारिक थोक बिक्रेता भएर काम शुरु गरेको छ ।

माघ २४ गते बिहीबार भारतको गुजरातस्थित भेनस कम्पनीको आधिकारिक बिक्रेता बनेपछि परिना ईन्टरनेशनलले दुई करोड रुपैयाँसम्मका निर्माण उपत्रकरण बिक्री गर्ने र त्यसपछिको मर्मत सेवा समेत सहज रुपमा दिने घोषणा गरेको छ ।

कार्यक्रममा भेनस ईक्विपमेन्टका निर्देशक जिगल पटेल र परिनाका प्रबन्ध निर्देशक दीपक आचार्यले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार भेनस ब्राण्डका निर्माण उपत्रकरणहरु परिनाले नेपालमा बिक्री गर्ने र त्यसपछिको मर्मत तथा अन्य सेवा उपलब्ध गराउने जनाईएको छ । भेनसका १० लाखदेखि २ करोड रुपैयाँसम्म पर्ने निर्माण उपकरणहरुको एकबर्षको वारेन्टी हुने र नेपालका जुनसुकै स्थानमा पनि ढुवानी गरेर पुर्याईदिने ब्यवस्था गरिएको परिनाका प्रबन्ध निर्देशक आचार्यले बताए ।

नेपालमा निर्माण कार्य तीब्र भईरहेको बेला तेस्रो देशबाट आयात गरिएका निर्माण उपकरणहरु बिग्रेर कयौं निर्माण ब्यवसायीहरुले समयमा नै मर्मत गर्न नसक्दा करोडौको क्षति ब्यहोरेका छन् । भेनसको उपकरण खरिद गरेकालाई शीघ्र मर्मत सेवा दिने, नेपाली जनशक्तिलाई नै दक्ष बनाएर परिचालन गर्ने र सहज रुपमा पार्टपुर्जाहरु उपलब्ध गराउने लक्ष्य लिईएको छ ।

सन् २००० मा स्थापना भएको भेनसले गुजरातमा पाच वटा कारखानाबाट पचास थरीका निर्माण उपकरणहरु निर्माण गर्दै आएको पटेलले बताए । उनले आफ्नो कम्पनीले नेपाल, भुटान, बंगलादेश, पाकिस्तान, श्रीलंका र अफ्रिकी देशहरुमा एक हजार भन्दा बढी निर्माण उपकरण आपुर्ति र जडान गरिसकेको बताए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।