नेपाल सेवा लघुवित्तको नगद लाभांश वितरण

Feb 07, 2019 Merolagani

नेपाल सेवा लघुवित्त वित्तीय संस्था (NSEWA) ले चौथौ वार्षिक साधारण सभाले पारित गरेको नगद लाभांश माघ २३ गते बुधबारदेखि शेयरधनीकोे बैंक खातामा वितरण गर्न थालेको छ ।

लघुवित्त कम्पनीले गत वर्षको नाफाबाट वितरण प्रस्ताव गरको ५.२५ नगद लाभांश पुस २८ गते सम्पन्न चौथौ वार्षिक साधारण सभाबाट पारित भएको थियो । सो लाभांश पुस १३ गतेसम्म डिम्याट खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीलाई वितरण गरेको लघुवित्तको शेयर रजिष्ट्रार एनएमबि क्यापिटलले जनाएको छ ।

हालसम्म पनि शेयर डिम्याट नगरेका शेयरधनीलाई कम्पनीले शेयर डिम्याट गरी बैंक खाता अद्यावधिक गरि बैंक खातामा नै लाभांश प्राप्त गर्न आग्रह गरेको छ ।

विस्तृत सूचना यहाँबाट हेर्नुहाेस् ...

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।