सेञ्चुरीको खुद नाफा आधा अर्ब, जगेडा कोष कमजोर

Feb 08, 2019 Tirtha Raj Poudyal

सेञ्चुरी कमर्सियल बैंक (CCBL) को चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रगतिका सूचाङ्कहरु मिश्रीत देखिएका छन्। नेपाल फाइनान्सिङ्ग रिर्पोटिङ्ग स्ट्याण्डर्ड (एनएफआरएस) अनुसार बैंकको आम्दानीका सूचकहरुमा बढोत्तरी देखिका छन् भने जगेडा कोष, प्रतिशेयर नेटवर्थ पूँजी प्रयाप्तता अनुपात घटेर आधार ब्याजदर बढ्न पुगेको छ।

बैंकले शुक्रबार सार्वजनिक गरेको एनएफआरएस रिर्पोट अनुसार बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ५१ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८५ पैसा कायम गरेको छ। 

चुक्ता पूँजी ८ अर्ब ६ करोड ३४ लाख रहेको बैंकको गत आवको दोस्रो त्रैमासको तुलनामा खुद नाफा १५ करोड १६ लाख तथा प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३० पैसाले बढेको हो । सो समयमा बैंकले ३६ करोड ६३ लाख खुद नाफा कमाएर ९ रुपैयाँ ५५ पैसा प्रतिशेयर आम्दानी कायम गरेको थियो ।

फ्रि प्रोफिट ४४ करोड ३५ लाख

नेपाल फाइनान्सियल रिर्पोटिङ स्ट्याण्डर्ड (एनएफआरएस) प्रणाली अनुसार सेञ्चुरीले चालू आवको दोस्रो त्रैमासमा ४४ करोड ३५ लाख रुपैयाँ फ्रि प्रोफिट आर्जन गरेको उल्लेख छ ।

चालू आवको ६ महिनामा ५१ करोड ८१ लाख खुद नाफम आर्जन गरेको बैंकको फ्रि प्रोफिट राष्ट्र बैंकले तोकेको रेगुलेटरी एड्जस्टमेन्ट वापत ७ करोड ४६ लाख रुपैयाँ व्यवस्था गर्दा घटेको हो ।

गत आवको यसै अवधिमा बैंकले ३२ करोड ५१ हजार रुपैयाँ वितरणयोग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको गरेको छ । समीक्षा अवधिमा बैंकको फ्रि प्रोफिट ११ करोड ८४ लाख रुपैयाँले बढेको हो ।

एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।

जगेडा कोष कमजोर बन्दै

समीक्षा अवधिमा सेञ्चुरी बैंकको जगेडा कोष कमजोर बनेको छ । यस अवधिमा बैंकको जगेडा कोषमा एक अर्ब ६४ करोड ४ लाख रुपैयाँ मात्र सञ्चित रहेको छ । गत आवको तुलनामा बैंकको जगेडा कोष ९ प्रतिशतले घटेको हो ।

अन्य कतिपय वाणिज्य बैंकहरुको चुक्ता पूँजीकै हाराहारीमा जगेडा कोष कायम गरि शेयरधनी कोष मजबुत बनाएको अवस्थामा बैंकलाई ८ अर्ब पूँजीको आधारमा डेढ अर्बको जगेडा कोषले पुग्ने अवस्था छैन। त्यसैले बैंकलाई जगेडा कोष बढाउने चुनौती देखापरेको छ ।

यस्तै बैंकको पूँजी प्रयाप्तता अनुपात १८.५४ बाट घटेर १४.६९ प्रतिशतमा र प्रतिशेयर नेटवर्थ भने १२३ रुपैयाँ ४७ पैसाबाट घटेर १२० रुपैयाँ ३४ पैसामा झरेको छ ।

कोषको लागत ८.३१ बाट ८.८९ प्रतिशतमा बढेको बैंकको आधार ब्याजदर पनि ११.४३ बाट बढेर ११.५० पुग्दा बैंकबाट ऋणीले सस्तो ब्याजदरमा ऋण प्राप्त गर्ने अवस्था कमजोर बनेको छ । बैंकको मूल्य आम्दानी अनुपात १३.१५ गुणा रहेको छ।

नोट:रकमलाई हजारमा देखाइएको छ ।

६४ अर्ब निक्षेप संकलन गर्दा ५८ अर्ब कर्जा परिचालन

सेञ्चुरी कमर्सियल बैंकले चालू आवको दोस्रो त्रैमासम्ममा बैंकले ६४ अर्ब १२ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गरि ५८ अर्ब ८९ करोड ८० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ ।

समीक्षा अवधिमा बैंकले २२.९० प्रतिशतले निक्षेप संकलन गर्दा कर्जा विस्तार २७.०३ प्रतिशतले बढाएको छ । गत आवको दोस्रो त्रैमासमा बैंकले ५२ अर्ब १७ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरेर ४६ अर्ब ३६ करोड ६९ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

खुद ब्याज आम्दानी एक अर्ब ३३ करोड

इन्नोभेटिभ डेभलपमेन्ट बैंक, अल्पाइन डेभलपमेन्ट बैंक, सगमाथा फाइनान्स लगायतका कम्पनीलाई प्राप्ती गरेको बैंकले व्यवसाय विस्तार गर्न लगानी र निक्षेपलाई बढोत्तरी गर्दा बैंकको खुद ब्याज आम्दानी गत आवको पुसको तुलनामा ५०.३७ प्रतिशत अर्थात ४४ करोड ८६ लाख रुपैयाँले बढेर एक अर्ब ३३ करोड ९३ लाख पुगेको छ ।

गत आवको यसै अवधिमा बैंकको खुद ब्याज आम्दानी ८९ करोड ६ लाख मात्र रहेको थियो । यस अवधिमा बैंकको सञ्चालन नाफा २१ करोड ५८ लाख बढेर ७४ करोड २ लाख आर्जन भएको छ ।

खराब कर्जा अनुपातमा सुधार

स-साना कम्पनीलाई प्राप्ती गर्दै व्यवसायको आकार बढाएको बैंकले व्यवसायको वृद्धिसँगै खराब कर्जामा नियन्त्रण गर्दै खुद नाफामा सुधार गरेको छ।

यस अवधिमा बैंकको खराब कर्जा अनुपात ०.८४ प्रतिशत मात्र रहेको छ । गत आवकोृ पुसमा बैंकमा ०.९९ प्रतिशत खराब कर्जा रहेको थियो ।

यसरी प्रयोग गर्नुहोस् डेटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।