चुक्ता पूँजी ६ करोड ५९ लाख ७७ हजार रुपैयाँमा स्थिर रहेको लघुवित्तको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८२ पैसाबाट ६ रुपैयाँ ८० पैसा बढेर २१ रुपैयाँ ६२ पैसा कायम भएको हो ।
लघुवित्तकाे जगेडा कोष पनि आकर्षक १४६.१२ प्रतिशतले बढेर २ करोड ९४ लाख रुपैयाँ सञ्चित भएको छ । गत पुसमा एक करोड १९ लाखको जगेडा थियो ।
पुस मसान्तसम्ममा लघुवित्तले निक्षेप संकलन ४८.३२ प्रतिशतले बढाएर २१ करोड १६ लाख पुर्याएको छ भने कर्जा विस्तार ४६.६० प्रतिशतले बढाएर ७२ करोड ८९ लाख बराबरको रकम परिचालन गरेको छ । यसका लागि लघुवित्तले ४६ करोड २५ लाख रुपैयाँ सापटी लिएको छ ।
यस अवधिमा लघुवित्तले ५ करोड ८२ लाख ब्याज आम्दानी र ३ करोड ३२ लाख ब्याज खर्च गरी २ करोड ४९ लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा १३.७४ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा लघुवित्तले २ करोड १९ लाख खुद ब्याज आम्दानी गरेको थियो ।
लघुवित्तको निष्क्रिय कर्जा अनुपात ३.९२ बाट ३.२४ प्रतिशतमा झारेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ६५ पैसा र मूल्य आम्दानी अनुपात ४२.३२ गुणा बढी छ ।